अशान्त मधेशलाई शान्त बनाउन मधेसका नेताहरूसँग प्रधानमन्त्रीको छलफल

शुक्रबार, साउन १५, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ । छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत नेता छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार