जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

बिहीबार, साउन १४, २०८३

जनकपुरधाम । धनुषाको जनकपुरधाममा कर्फ्यु आदेश जारी गरिएको छ । बिहीबार (साउन १४) दिउँसो साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका निम्ति कर्फ्यु लगाइएको हो । सुनसरीको कप्तानगन्जमा भएको घटनाको विरोधमा जनकपुरधामका विभिन्न स्थानमा बिहीबार बिहानैदेखि प्रदर्शन गरिएको थियो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिका सबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्रका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए । योसँगै उल्लिखित क्षेत्रमा भेला हुन, जुलुस, प्रदर्शन तथा घेराउ गर्न नपाइने आदेशमा उल्लेख छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार