राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
जीवनशैली
रोल्पाका डाँडामा टावर हुँदा पनि फोन गर्न रुख चढ्नुपर्ने
रोल्पाका डाँडामा टावर हुँदा पनि फोन गर्न रुख चढ्नुपर्ने
शब्दपाटी
बिहीबार, साउन २१, २०७८
बिहीबार, साउन २१, २०७८
निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फोन गरेर हैरान उनीहरुलाई सोे नाराले आकर्षित मात्र गरेन, भोट हालेर जनप्रतिनिधिलाई जिताए पनि । केही वर्ष प्रक्रियामा अलमलिएका जनप्रतिनिधिले बस्ती बस्तीमा भरपर्दो टेलिफोन सेवाका लागि मन्त्रालय धाइरहेका कारण जिल्लाका अधिकांश डाँडामा टेलिफोनका अग्ला–अग्ला टावर ठड्याउन सम्भव भयो। टावर ठडिएको पनि तीन वर्र्ष भइसक्दा पनि टेलिफोन सेवा भने भरपर्दो नहुँदा प्रयोगकर्ताहरूले सास्ती भोग्दै आएका छन् । आकाश खुलेको समयमा सेवा सहज भए पनि वर्षात्को समयमा कुहिराले डाँडाकाँडा ढाक्दा नेटवर्कले कामै नगर्ने उनीहरुको गुनासो छ । जब बादल, कुहिरो र पानी पर्न थाल्छ नेटवर्कले काम गर्न छाड्छ परिवर्तन गाउँपालिका–६ इरिवाङका मनोज बुढामगरले भने । टेलिफोन सेवा सञ्चालन भएसँगै हाँक हाल्ने, कट्वाल पठाउने तथा चिठ्ठीपत्र आदानप्रदान गर्ने परमपरागत सञ्चार प्रणाली विस्थापन गरेका स्थानीयवासीलाई लामो समय टेलिफोनमा आउने खराबीले खबर आदानप्रदानमा समस्या हुने गरेको छ । “केहिलेकाहीँ त काम पर्दा, बिरामी हुँदा र मर्दापर्दाको खबर गर्न पनि समस्या हुने गर्दछ”, सोही गाउँका सूर्यप्रकाश बुढाले बताए । “अति जरुरी काम परेका बेलामा तत्काल खबर गर्न खोज्यो नेटवर्क हँुदैन, उनले जोड दिएर भने । ”, “यो समस्या कहिलेसम्म भोग्नुपर्ने हो थाहा छैन” । जिल्लाको पश्चिमोत्तर भेगस्थित परिवर्तन, गङ्गादेव र माडी गाउँपालिका यो समस्या बढी मात्रामा छ । स्थानीय तहको निर्वाचनयता माडी गाउँपालिकाको वडा नं ५ भावाङ, वडा नं ३ तालाबाङ, परिवर्तन गाउँपालिका–२ राङ्सी, वडा नं ५ राङ्कोट र थवाङ गाउँपालिका–२ स्थित थवाङमा टावर बने पनि भरपर्दो छैन । गङ्गादेव गाउँपालिकाको वडा नं ७ स्थित राँकको रातामाटामा रहेको टावर पश्चिम नेपालको सबैभन्दा ठूलो क्षमताको टावर मानिन्छ । नेपाल टेलिकमको सो टावरसँग अन्य टावर जोडिएकाले त्यहाँ समस्या आउनेबित्तिकै अन्यत्रका टावरले काम गर्न छोड्छन् । “रातामाताको टावरमा समस्या देखापर्नेबित्तिकै पश्चिमोत्तर क्षेत्रका अधिकांश टावरले काम नगर्ने समस्या छ”, परिवर्तन–२ वडाध्यक्ष हरिप्रसाद घर्तीले बताए। घण्टौँ डाँडाकाँडा चढेर फोन गर्ने पुरानो समस्या दोहोरिएको स्थानीय प्रकाश पुनमगरको गुनासो थियो । “चुनावी प्रतिबद्धतानुसार टावर त स्थापना भए तर नेटवर्क आउन सकेन”, उनले भने, “घर नजिकको अग्लो रुख चढेर फोन गर्दा पनि नेटवर्कले काम नगरेर घण्टौँको डाँडामा पुगेर फोन गर्न जान्छौँ”। मुख्य समस्या विद्युत् आपूर्तिमा रहेको नेपाल टेलिकमका स्थानीय कर्मचारी तारादल वलीले जानकारी दिए । “टावर सौर्य ऊर्जाबाट सञ्चालन गरिएकाले वर्षात, कुहिरो र बादल लागेको समयमा ब्याट्रीमा विद्युत् सञ्चालन नहँुदा समस्या हुने गरेको र जीर्ण अवस्थामा रहेका ब्याट्रीले एनटिसी र स्काइको टावर चलाउनुपर्ने बाध्यता रहेकाले पनि विद्युतको क्षमता बढाउन हम्मेहम्मे परेको उनकाे भनाइ थियो । टावर पूर्णरूपमा सञ्चालन गर्न १५ किलोवाट विद्युत् चाहिने जनाइएको छ । विद्युत् व्यवस्थापनका लागि स्थानीय सरकारसँग पटक–पटक पहल गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो थियो।
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८
१३:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
व्यावसाय नविकरणका लागि बाँकी बक्यौता रकम ३ दिन भित्र बुझाए ५० प्रतिशत छुट
नंः २
ललितपुर महानगर २८ नं. वडाका महिला समूहबीच छलफल (भिडियो)
नंः ३
स्वास्थ्य सेवामा नगरवासीलाई सुविधा दिन बीएण्डबी अस्पतालसँग गोदावरीको सहकार्य
नंः ४
गोदावरी नगरमा राजश्व संकलनमा कमी, बजेट संशोधन
नंः ५
विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई सभापति श्रेष्ठको आग्रह
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
हामी चुनावको पक्षमा छौं तर महाविध्वंशकारीहरु खुलेआम हिडिरहेका छन् : झलनाथ खनाल
शनिबार, पुस १९, २०८२
दलतन्त्रको विकल्प, नागरिक सर्वोच्चता र भविष्यमुखी राजनीति हो : डम्बर खतिवडा
शुक्रबार, पुस ११, २०८२
भाइरल संस्कृतिले संगीतलाई विकृति थपेको छ : गायक थापा
शुक्रबार, मंसिर २६, २०८२
बच्चाबाट बृद्धासम्म दन्त हाइजिन महत्त्वपूर्ण : दन्त विशेषज्ञ तिवारी
मंगलबार, मंसिर २३, २०८२
नेपालमा आईटीको भविष्य उज्यालो छ, तर सरकारले नीतिगत सुधार गर्नुपर्छ : निरन्जन कुँवर
सोमबार, मंसिर ८, २०८२
विदेशस्थित नेपालीको मताधिकार कार्यान्वयन गर्ने अहिले ऐतिहासिक अवसर हो : डा.खगेन्द्रराज ढकाल
शनिबार, मंसिर ६, २०८२
जीवनशैली
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
चीनमा विदेशी जनावर पाल्नेको संख्या बढ्दो, छेपारो र कछुवा प्रजाति पाल्ने मात्रै १ करोड ७० लाख
आइतबार, कात्तिक ३०, २०८२
दक्षिण चीनमा नीलो लोबस्टरको उत्पादन बढ्यो
बिहीबार, कात्तिक २७, २०८२
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
बिहीबार, कात्तिक २०, २०८२
शिक्षा
गोदावरी नगरले गर्यो विद्यार्थी, शिक्षक र विद्यालयलाई नगद पुरस्कारसहित सम्मान
बिहीबार, पुस १७, २०८२
गोदावरी नगरले गर्यो विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान
बुधबार, पुस १६, २०८२
ललितपुर महानगर वडा ३ भित्रका विद्यालयबीच हाजिरी जवाफ प्रतियोगिता
आइतबार, पुस ६, २०८२
मेरो प्राथमिकता आर्थिक पारदर्शिता, नयाँ कार्यक्रम विस्तार र गुणस्तरीय शिक्षा : डा.ठाकुर प्रसाद वाग्ले
बिहीबार, मंसिर ४, २०८२
दीप नेपालले बाँढ्यो ठोरीका स्कुले बालबालिकालाई न्यानो पोसाक
शुक्रबार, कात्तिक २८, २०८२
स्वास्थ्य क्षेत्र अहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन : आनन्द श्रेष्ठ
शुक्रबार, कात्तिक २१, २०८२
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
आइतबार, भदौ २९, २०८२
आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने
मंगलबार, साउन २७, २०८२
समाचार
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न
बुधबार, पुस ३०, २०८२
जीपिएले भन्यो–पुर्नबासमा नगएका भुटानी शरणार्थीहरुको समस्या तत्काल हल गरियोस्
बुधबार, पुस ३०, २०८२
जनताको भरोसा र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्ने छु: अध्यक्ष ज्ञवाली
बुधबार, पुस ३०, २०८२
महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने
बुधबार, पुस ३०, २०८२
इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित
बुधबार, पुस ३०, २०८२
थप समाचार
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
बिहीबार, साउन २१, २०७८
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
बिहीबार, साउन २१, २०७८
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
बिहीबार, साउन २१, २०७८
चीनमा विदेशी जनावर पाल्नेको संख्या बढ्दो, छेपारो र कछुवा प्रजाति पाल्ने मात्रै १ करोड ७० लाख
बिहीबार, साउन २१, २०७८
Subscribe Newsletter
×