राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
जीवनशैली
रोल्पाका डाँडामा टावर हुँदा पनि फोन गर्न रुख चढ्नुपर्ने
रोल्पाका डाँडामा टावर हुँदा पनि फोन गर्न रुख चढ्नुपर्ने
शब्दपाटी
बिहीबार, साउन २१, २०७८
बिहीबार, साउन २१, २०७८
निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फोन गरेर हैरान उनीहरुलाई सोे नाराले आकर्षित मात्र गरेन, भोट हालेर जनप्रतिनिधिलाई जिताए पनि । केही वर्ष प्रक्रियामा अलमलिएका जनप्रतिनिधिले बस्ती बस्तीमा भरपर्दो टेलिफोन सेवाका लागि मन्त्रालय धाइरहेका कारण जिल्लाका अधिकांश डाँडामा टेलिफोनका अग्ला–अग्ला टावर ठड्याउन सम्भव भयो। टावर ठडिएको पनि तीन वर्र्ष भइसक्दा पनि टेलिफोन सेवा भने भरपर्दो नहुँदा प्रयोगकर्ताहरूले सास्ती भोग्दै आएका छन् । आकाश खुलेको समयमा सेवा सहज भए पनि वर्षात्को समयमा कुहिराले डाँडाकाँडा ढाक्दा नेटवर्कले कामै नगर्ने उनीहरुको गुनासो छ । जब बादल, कुहिरो र पानी पर्न थाल्छ नेटवर्कले काम गर्न छाड्छ परिवर्तन गाउँपालिका–६ इरिवाङका मनोज बुढामगरले भने । टेलिफोन सेवा सञ्चालन भएसँगै हाँक हाल्ने, कट्वाल पठाउने तथा चिठ्ठीपत्र आदानप्रदान गर्ने परमपरागत सञ्चार प्रणाली विस्थापन गरेका स्थानीयवासीलाई लामो समय टेलिफोनमा आउने खराबीले खबर आदानप्रदानमा समस्या हुने गरेको छ । “केहिलेकाहीँ त काम पर्दा, बिरामी हुँदा र मर्दापर्दाको खबर गर्न पनि समस्या हुने गर्दछ”, सोही गाउँका सूर्यप्रकाश बुढाले बताए । “अति जरुरी काम परेका बेलामा तत्काल खबर गर्न खोज्यो नेटवर्क हँुदैन, उनले जोड दिएर भने । ”, “यो समस्या कहिलेसम्म भोग्नुपर्ने हो थाहा छैन” । जिल्लाको पश्चिमोत्तर भेगस्थित परिवर्तन, गङ्गादेव र माडी गाउँपालिका यो समस्या बढी मात्रामा छ । स्थानीय तहको निर्वाचनयता माडी गाउँपालिकाको वडा नं ५ भावाङ, वडा नं ३ तालाबाङ, परिवर्तन गाउँपालिका–२ राङ्सी, वडा नं ५ राङ्कोट र थवाङ गाउँपालिका–२ स्थित थवाङमा टावर बने पनि भरपर्दो छैन । गङ्गादेव गाउँपालिकाको वडा नं ७ स्थित राँकको रातामाटामा रहेको टावर पश्चिम नेपालको सबैभन्दा ठूलो क्षमताको टावर मानिन्छ । नेपाल टेलिकमको सो टावरसँग अन्य टावर जोडिएकाले त्यहाँ समस्या आउनेबित्तिकै अन्यत्रका टावरले काम गर्न छोड्छन् । “रातामाताको टावरमा समस्या देखापर्नेबित्तिकै पश्चिमोत्तर क्षेत्रका अधिकांश टावरले काम नगर्ने समस्या छ”, परिवर्तन–२ वडाध्यक्ष हरिप्रसाद घर्तीले बताए। घण्टौँ डाँडाकाँडा चढेर फोन गर्ने पुरानो समस्या दोहोरिएको स्थानीय प्रकाश पुनमगरको गुनासो थियो । “चुनावी प्रतिबद्धतानुसार टावर त स्थापना भए तर नेटवर्क आउन सकेन”, उनले भने, “घर नजिकको अग्लो रुख चढेर फोन गर्दा पनि नेटवर्कले काम नगरेर घण्टौँको डाँडामा पुगेर फोन गर्न जान्छौँ”। मुख्य समस्या विद्युत् आपूर्तिमा रहेको नेपाल टेलिकमका स्थानीय कर्मचारी तारादल वलीले जानकारी दिए । “टावर सौर्य ऊर्जाबाट सञ्चालन गरिएकाले वर्षात, कुहिरो र बादल लागेको समयमा ब्याट्रीमा विद्युत् सञ्चालन नहँुदा समस्या हुने गरेको र जीर्ण अवस्थामा रहेका ब्याट्रीले एनटिसी र स्काइको टावर चलाउनुपर्ने बाध्यता रहेकाले पनि विद्युतको क्षमता बढाउन हम्मेहम्मे परेको उनकाे भनाइ थियो । टावर पूर्णरूपमा सञ्चालन गर्न १५ किलोवाट विद्युत् चाहिने जनाइएको छ । विद्युत् व्यवस्थापनका लागि स्थानीय सरकारसँग पटक–पटक पहल गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो थियो।
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८
१३:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान
नंः २
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
नंः ३
गोदावरी नगरको ‘विकट ’ ठाउँ चापाखर्कका नगर स्वास्थ्य केन्द्र
नंः ४
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
नंः ५
महिला उद्यमीलाई प्रोत्साहित गर्दै ललितपुर महानगर
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
जीवनशैली
स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै
शुक्रबार, असोज १६, २०८३
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
सर्वोच्चमा चार न्यायाधीश सिफारिस
मंगलबार, असोज २०, २०८३
भोटेकोशी–त्रिशूली विपद्का बेपत्ताको मृत्यु घोषणा र दर्ताका लागि कानुन संशोधन हुँदै
मंगलबार, असोज २०, २०८३
बरामद मासु प्रकरण : मुख्य कारोबारीलाई भएन कारबाही
मंगलबार, असोज २०, २०८३
उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम भइरहेको छ : मन्त्री पोखरेल
मंगलबार, असोज २०, २०८३
गोप्य सूचना चुहाउनेलाई कानुनी कारबाही हुन्छ : गृहमन्त्री
मंगलबार, असोज २०, २०८३
थप समाचार
स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै
बिहीबार, साउन २१, २०७८
नेपाल आरोग्य पर्यटनको हब
बिहीबार, साउन २१, २०७८
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
बिहीबार, साउन २१, २०७८
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
बिहीबार, साउन २१, २०७८
Subscribe Newsletter
×