सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाको प्रकोपलाई स्वास्थ्य आपतकाल घोषणा गरेको छ । एजेन्सीले डीआर कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको प्रकोपमा लगभग २४६ संदिग्ध केसहरू फेला परेको र ८० जनाको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको हो । विश्वब्यापी सार्बजनिक चासोको बिचमा कंगोमा महामारी आपतकालको मापदण्ड पूरा गराउन कठिन भएको बताइएको छ । तर डब्लुटिओले चेतावनी दिएको छ कि, ‘हाल पत्ता लागेको र रिपोर्ट गरिएको भन्दा धेरै ठूलो प्रकोप यहाँ अझ भयावह हुन सक्छ, त्यो पनि स्थानीय र क्षेत्रीय फैलावटको महत्त्वपूर्ण जोखिमको साथ यो महामारी फैलिदोँ छ।’ स्वास्थ्य एजेन्सीका अनुसार यो इबोला महामारी स्ट्रेन बुन्डिबुग्यो भाइरसको कारणले फैलिएको हो, जसको लागि अझसम्म कुनै स्वीकृत औषधि वा खोपहरू तयार भइसकेका छैनन्, यो सबैभन्दा डरलाग्दो पक्ष हो । यसको प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, मांसपेशी दुख्ने, थकान लाग्ने, टाउको दुख्ने र घाँटी दुख्ने जस्ता सिमटम देखिन्छ र त्यसपछि बान्ता, पखाला, दाग र रक्तस्राव हुने गर्छ, जसले ज्यान जोखिममा पार्न सक्छ । डब्लुएचओका अनुसार यस प्रकारका भाइरसका ८ प्रयोगशालावाट पुष्टि भइसकेका छन् भने इटुरी प्रान्तको राजधानी बुनिया र सुन खानी शहरहरू मोंगवालु र रवाम्पारासहित तीन स्वास्थ्य क्षेत्रहरूमा अन्य शंकास्पद केसहरू र मृत्यु भएको रिपोर्ट आएका छन् । राजधानी किन्शासामा भाइरसको एक केस पुष्टि भएको छ भने इटुरीबाट फर्केका अर्का एक बिरामी पनि संक्रमित भएको जनाइएको छ । डब्लुएचओका अनुसार सो भाइरस डीआर कंगोभन्दा बाहिर फैलि सकेको छ, जसका कारण छिमेकी युगान्डामा दुई केसहरू पुष्टि भएका रिपोर्ट गरिएको छ। युगान्डाका अधिकारीहरूका अनुसार गत बिहीबार मृत्यु भएका ५९ वर्षीय पुरुषको परीक्षण सकारात्मक देखिए पछि यहाँ पनि सतर्कता बढाइएको छ ।