Tihar Banner
Tihar Banner

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति

शनिबार, कात्तिक २१, २०८३

काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार डा. केसीले आफ्नो २५ औँ सत्याग्रह अन्त्य गरेका छन् । पटक पटकको छलफलपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शनिबार नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरी अनसन तोडाएका हुन् । डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनसन रहेको बताए । उनले भने, ‘यो डा. केसीको अन्तिम अनसन हो । उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ ।’ डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिमा डा। केसी, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा। डा। जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  २०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार