सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ओपनर कुशल भुर्तेलको सानदार शतकमा आइसिसी विश्व कप लिग २ मा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ। नेपालको जितमा कुशलको शतक, उनको र आशिफको साझेदारी र दीपेन्द्र सिंह ऐरीको बलिङ प्रमुख रह्यो । जितका १ सय ९६ रनको सामान्य लक्ष्य नेपालले ३६.४ ओभरमा १ विकेटको नोक्सानीमा पूरा गर्यो । नेपालका लागि ओपनरद्वय कुशल र आशिफले उत्कृष्ट सुरूवात दिलाए । अमेरिकन बलरहरूलाई निरिह बनाउँदे नेपालका ब्याट्सम्यानले पहिलो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरे । २६.३ ओभरमा अमेरिकाका मोहम्मद मोहसिनले यो ठूलो साझेदारी तोडे । आशिफ ७२ बल खेल्दै ५८ रन बनाएर आउट भए । यो क्रममा आशिफले एक दिवसीय क्रिकेटमा आशिफले १५ औं अर्धशतक पनि पुरा गरे । आशिफ एक दिवसीय क्रिकेटमा नेपालको लागि सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन् । साथै १ सय ४५ रनको साझेदारी नेपालको लागि एक दिवसीय क्रिकेटकै चौथो ठूलो साझेदारी समेत बन्यो । क्रिजमा जमेका कुशलले एक दिवसिय क्रिकेट करियरमा कै सर्वाधिक रन समेत बनाए । उनी अविजित १ सय २० रनमा रहँदै नेपाललाई सहज जित दिलाउन सफल रहे । यसअघि उनले नामिबिया विरुद्ध १ सय १५ रन बनाएका थिए । आज १ सय ४ बल खेल्दै १२ चौका र ३ छक्का सहित उनले शतक बनाएका हुन् । यसअघि उनले ६७ बलमा ७ चौका सहित आशिफले ५० रन पुरा गरेका थिए । शतक प्रहार गर्ने क्रममा उनले ६७ रन बाउन्ड्रीबाट प्राप्त गरे । उनको यो दोस्रो शतक हो । यसअघि सन् २०२३ को फेब्रुअरीमा लिग टु कै खेलमा टियु मैदानमा कुशलले पहिलो शतक बनाएका थिए । लगातार तीन खेलमा ड्रप भएपछि कमब्याकलाई कुशलले यादगार समेत बनाए । त्यसअघि टियु क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९५ रनमा समेटियो । सातौं ओभरको पहिलो बलमा अमेरिकाले पहिलो विकेट गुमायो । सायान जहाँङ्गीर ६ रनमा सोमपालको बलमा बोल्ड आउट भए । पहिलो विकेट गुमाउँदा २२ रन बनाएको थियो । यसपछि स्मित र सेहान जयसुर्याले दोस्रो विकेटको लागि शतकीय साझेदारी गरे । यो साझेदारीलाई दीपेन्द्रले तोडे। सेहान दीपेन्द्रको बलमा गुल्सन झाद्वारा क्याच आउट भए। उनले ५२ बलमा ५ चौका र १ छक्का सहित ५० रन बनाए । लगतै कप्तान साइतेजा मुकामुल्ला ४ रनमा सन्दीपद्वारा बोल्ड आउट भए। तेस्रो विकेट गुमाउँदा अमेरिकाले १ सय ४० रन बनाएको थियो । यसपछि नेपालले सानदार कमब्याक गर्दै निरन्तर अन्तरालमा विकेट निकाल्न सफल रहयो । यसपछि पाँचौं ओभरमा ओपनर स्मित पटेलले जीवनदान पाए । १४ रनमा सोमपाल कामीको बलिङमा आशिफ शेखले क्याच ड्रप गरे । यसपछि क्रिजमा जमेका उनी सोमपालद्वारा आउट भए । ८९ बल खेल्दै स्मित ८ चौका र ३ छक्का सहित टिमको लागि सर्वाधिक ८३ रन बनाए । लगतै शुभम रान्जने २ रनमा रन आउट हुन पुगे । १ सय ७० रनको स्थितिमा अमेरिकाले ५ विकेटको नोक्सानीमा १ सय ७० रन जोडेको थियो । छैटौं विकेटका रूपमा १ रन बानएका सञ्जय कृष्णमुर्ति गुल्सनको बलमा, मिलिन्द कुमार २८ रनमा दीपेन्द्रद्वारा एलबिडब्लु धरापमा परे । रनको खाता खोल्न नसकेका मोहम्मद मोसिन रन आउट भए। नोसथुस केन्जिगे १ रनमा र हर्मित दिंह १४ रनमा दीपेन्द्र कै शिकार बने । दीपेन्द्रले ७ ओभत ३ बलमा २४ रन दिएर सर्वाधिक ४ विकेट लिए। सोमपालले २ विकेट लिंदा सन्दीप र गुल्सनले १र१ विकेट झारे । २६ औं खेलमा अमेरिकाको आठौं हार हो। अमेरिका ३६ अंक सहित दोस्रो स्थानमा रहेको छ। नेपालको यो नवौं जित हो। नेपालले २० अंक बनाएको छ ।