पुरुष फुटबलमा नेपाल पुलिसको विजयी सुरुवात

मंगलबार, मंसिर ८, २०८३

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबारदेखि सुरु भएको पुरुष फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।  उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो । कर्णाली रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबले पहिलो हाफमै दुई गोल गरेको थियो । पुलिसका लागि धीरेन्द्र शाहले खेलको ३६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै, पहिलो हाफको अतिरिक्त समयमा (४६औँ मिनेट) सुजन मगरले दोस्रो गोल गरे । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । त्यसपछि थप गोल हुन नसक्दा नेपाल पुलिस क्लबले २–० को जित दर्ता गरेको हो । खेलका क्रममा नेपाल पुलिस क्लबका एक र कर्णाली प्रदेशका दुई खेलाडीले पहेँलो कार्ड पाएका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार