अमेरिकाविरुद्ध कुशल भुर्तेलको शतक

शनिबार, जेठ २, २०८३


काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले अमेरिकाविरुद्ध शतक बनाएका छन् । आईसीसी विश्वकप लिग २ अन्तर्गत टियु मैदानमा जारी खेलमा उनले १०४ बलमा शतक बनाएका हुन् । उनले १२ चौका र ३ छक्का प्रहार गरे । एकदिवसीयमा उनको यो दोस्रो शतक हो। उनले यसअघि नामिवियाविरुद्ध शतक बनाएका थिए । स्कटल्याण्डविरुद्धको खेलमा विश्राम दिइएका भुर्तेलले आज मौका पाएका हुन् । उनको र आसिफ शेखको ओपनिङ जोडी आजको खेलमा जमेको छ । आसिफ पनि ५८ रनको अर्धशतकीय पारी खेल्दै आउट भएका थिए । अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ताजा स्थितिमा ३४ ओभरमा १ विकेट गुमाउँदै १७४ रन जोडेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  १५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार