ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान

बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल
बिहीबार, वैशाख २४, २०८३

काठमाडौं । नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत लगानीका अवसर र यसका दीर्घकालीन लाभहरूका बारेमा छलफल गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान), नेपालस्थित बेलायती दूतावास र डोल्मा एडभाइजर्सका प्रतिनिधिहरूबीच छलफल भएको छ । बैठकले नेपालको दिगो आर्थिक विकास र निजी क्षेत्रको सुदृढीकरणका लागि नवीन वित्तीय संयन्त्रहरू पहिचान गर्ने, लगानी साझेदारीलाई बलियो बनाउने र सरोकारवालाहरूबीच आपसी सहकार्य बढाउने साझा प्रतिबद्धता व्यक्त गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलमा उपाध्यक्ष आनन्द चौधरी, सचिव कविता पोखरेल, कार्यसमिति सदस्यहरू सुमन जोशी, ईशा श्रेष्ठ र मिथुन सी.पी. पौडेल सहभागी थिए । छलफलमा लन्डन सहरका ‘अल्डरम्यान’ प्रेम रोयलको विशेष उपस्थिति थियो । साथै, डोल्मा एडभाइजर्सका तर्फबाट सीईओ टिम गोचर र लगानी प्रबन्धक विशाल विष्ट, तथा बेलायती दूतावासका तर्फबाट ऊर्जा सल्लाहकार रेशा पिया र व्यापार तथा व्यवसाय प्रमुख अनुप श्रेष्ठले बैठकमा आ–आफ्नो धारणा राखेका थिए । सहभागीहरूले नेपालको जलविद्युत र पूर्वाधारको विकासमा विदेशी लगानी भित्र्याउन र वित्तीय उपकरणहरूलाई प्रभावकारी रूपमा उपयोग गर्न आगामी दिनमा थप सहकार्य गर्ने दृढता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार