सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चलचित्र ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको छ । मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित बिहान ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको हो । बिहान ८ बजेबाट सुरु भएको शुभमुहूर्तको पूजा बिहान ११ः११ बजेसम्म चलेको थियो । पूजामा चलचित्रका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिक्देललगायत सहभागी भएका थिए । शुभमुहूर्तमा सिनेमाका निर्देशकसहित अन्य कलाकारहरुको उपस्थिति रहेको थियो । निर्देशक परिच्छेद सेनको यो ड्रिम प्रोजेक्ट हो । चलचित्र यही २५ गते सुनसरीबाट सुरु हुनेछ । सुनसरीको श्रीलंका टापुबाट सुरु हुने चलचित्रको छायांकन सुनसरीमा एक हप्ता हुनेछ । बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा ७० दिन हुनेछ । यो सिनेमा नबराज थापाले खिच्नेछन् । परिच्छेद सेनको निर्देशन रहेको चलचित्रमा कलाकारहरू आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि.सी, सुशील सिटौला छन् । ठूलो संख्यामा कलाकार रहेको यो चलचित्रमा हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटाको पनि अभिनय रहनेछन् । ८० जना कलाकार रहने यो सिनेमामा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत कलाकारको अभिनय छ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।