विश्वकप लिग–२  : नेपाल आज ओमानसँग प्रतिस्पर्धा गर्दै

बुधबार, वैशाख १६, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीच जारी ओडीआई शृंखलामा नेपालले आज आफ्नो दोस्रो खेल खेलिरहेको छ । नेपालले आजको खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको हो । घरेलु मैदानमा भएको यस खेललाई लिएर नेपाली समर्थकहरू उत्साहित छन् । यसअघि आफ्नो पहिलो खेलमा नेपालले युएईलाई पराजित गर्दै शृंखलामा सुखद सुरुवात गरेको थियो । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण दुई अंक हात पारेको थियो । यता ओमानले भने आफ्नो पहिलो खेलमा युएईसँग हार बेहोरेको थियो । त्यसैले आजको खेल ओमानका लागि पुनरागमनको अवसरका रूपमा रहेको छ भने नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौं स्थानमा रहेको छ । ओमान भने २५ खेलमा २९ अंकसहित तेस्रो स्थानमा रहेको छ । नेपालका लागि शीर्ष टोलीहरूसँगको प्रतिस्पर्धामा स्थान सुधार गर्न आजको खेल निकै महत्वपूर्ण मानिएको छ । आईसीसी विश्व कप लिग २ मा टस जितेर ओमानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
ओमान ३१.४ ओभरमा ३ विकेटको क्षतिमा १६७ रन बनाएको छ ।  प्रशिक्षक स्टुआर्ट लले आज एक परिवर्तन गरेका छन् ।‌ ललित नारायण राजवंशीको स्थानमा गुल्सन झाले खेल्नेछन् । अन्य खेलाडीहरूमा आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भिम सार्की , रोहित पौडेल, आरिफ शेख, दिपेन्द्रसिह एरि, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने र बसिर अहमद मैदानमा उत्रनेछन्। विनोद भन्डारी, अर्जुन कुमाल, नन्दन यादव र ललितले प्लेइङ एघारमा स्थान बनाउन सकेनन् । नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको छ‌। यसको लागि नेपालले सुधारिएको ब्याटिङ प्रदर्शन गर्न जरुरी छ । युएई विरुद्धको खेलमा नेपालको लागि दीपेन्द्र सिंह ऐरी बाहेक अन्य खेलाडीको प्रदर्शन निराशाजनक रहेको थियो। बलिङमा भने नेपालले सन्तोषजनक प्रदर्शन गरेको थियो । ओमान पछिल्लो खेलमा युएईसँग पराजित भएको कारण कमब्याक गर्न चाहन्छ । ओमान २५ खेलमा १३ जित र ९ हार सहित २९ अंक बनाएर अंक तालिकाको तेस्रो स्थानमा छ । नेपालले यसअघिको खेलमा युएईलाई ३७ रनले हराएको थियो। नेपालले २१ खेलमा मात्र ६ जित निकालेको छ। १४ अंक सहित नेपाल अंक तालिकाको सातौं स्थानमा रहेको छ। १३ खेलमा हार भोगिसकेको नेपालको लागि अबको प्रत्येक खेलमा जित महत्त्वपूर्ण रहेको छ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार