सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । युएईविरुद्धको पहिलो टी–२० आई क्रिकेटमा घरेलु टोली नेपाल डीएलएस मेथडमा ६ विकेटले पराजित भएको छ । नेपालले १९औँ ओभरमा १ सय २२ रन बनाएपछि वर्षाले खेल प्रभावित भएपछि १० ओभर घटाइएको थियो । ओभर घटाइएपछि युएईले ७८ रनको नयाँ लक्ष्य पाएको थियो । सोमबार भएको पहिलो खेलमा नेपालले दिएको ७८ रनको लक्ष्य युएईले ८.५ ओभरमा ४ विकेटको क्षतिमा भेटटयो । टी–२० आई को दोस्रो खेल भोलि मंगलबार हुनेछ । नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । सन्दीपले एकै ओभरमा २ विकेट लिँदै युएईलाई दबाबमा राखेका थिए । सन्दीपले चौथो ओभरको तेस्रो बलमा युएईका ओपनर तथा कप्तान मुहम्मद वसिम ३३ रनमा क्याच आउट गराए। वसिमले उनले १५ बलमा ३ चौका र ३ छक्का सहयोगमा ३३ रन बनाउँदा सन्दीप लामिछानेको बलमा कुशल मल्लको हातबाट क्याच आउट हुन पुगे । सोही ओभरको पाचौँ बलमा अदिव उस्मानीलाई २ रनमा एलबीडब्लु धरापमा पार्दै पेभेलियनको बाटो देखाए । सन्दीपले नै छैटौँ ओभरको चौथो बलमा हरपित सिंहलाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए । अलिसान सराफु १८ रन बनाउँदा कुशल मल्लको बलमा गुल्सन झा को हातबाट क्याच आउट नै हुन पुगे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो । १९ औँ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको थियो । नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरि ३२ र सन्दीप लामिछानेले २ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेल ९ बलमा १ चौका र १ छक्का सहयोगमा १६ रन बनाउँदा रन आउट भए । अर्का ओपनर अर्जुन साउद १३ रन बनाउँदा जुनैद सिद्दीकीको बलमा बोल्ड आउट हुन पुगे । ६ बलमा १ चौका सहयोगमा ६ रन बनाएका सन्दीप जोरा हैदर अलीको बलमा क्याच आउट भए । २१ बलमा १ चौका मद्धतमा १७ रन बनाएका कुशल मल्ल जुनैद जुबेरको बलमा एलबीडब्लु धरापमा परे । १४ रन बनाएका बसिर अहमद जुहेब जुबेरको बलमा मोहम्मद वसिमको हातबाट क्याच आउट हुन पुगे । गुल्सन झा १ रन बनाउँदा जुनैद सिद्दीकीको बलमा एलबीडब्लु धरापमा परे । नन्दन यादवले ७ बलमा २ छक्का सहयोगमा १३ रन बनाउँदा जुहेब सिद्दीकीको बलमा क्याच आउट भए। शेर मल्ल शुन्य रनमा नै पेभेलियन फर्के ।