वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो

सोमबार, वैशाख ७, २०८३

काठमाडौं । वर्षाका कारण नेपाल र युएईबीच जारी टी–२० खेल बीचमै रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १९औं ओभर चलिरहेका बेला वर्षा सुरु भएपछि खेल रोक्नुपर्ने अवस्था आएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलमा ८ विकेटको क्षतिमा १२२ रन जोडेको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोलीले मध्यम सुरुवातलाई अन्त्यतिर सम्हाल्ने प्रयास गरे पनि लगातार विकेट गुमाएको थियो ।  यो खेल नेपाल र युएईबीच लामो समयपछि भएको टी–२० भिडन्त हो। सन् २०२५ को अक्टोबरपछि पहिलो भेट भएको यस प्रतिस्पर्धालाई दुवै टोलीका लागि महत्त्वपूर्ण पुनरागमन खेलका रूपमा हेरिएको थियो । यसअघि ओमानमा भएको टी–२० विश्वकप छनोट खेलमा नेपालले युएईलाई १ रनको रोमाञ्चक जित दिलाएको थियो। सन् २०२३ यता भएका पाँच भेटमध्ये नेपालले तीन खेल जित्दा युएईले दुई खेलमा सफलता हात पारेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  २०:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार