प्रताप दासको ‘धोका’ मा स्मारिका र सुशान्तको अभिनय

मंगलबार, वैशाख १, २०८३

काठमाडौँ । गायक प्रताप दासको स्वर रहेको धोका बोलको गीतको भिडियो रिलिज गरिएको छ । विष्णु भण्डारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत रहेको छ । दिवेश राईको एरेन्ज तथा मिक्सिङ मास्टरिङ रहेको गीतमा दिनेश पराजुलीको कोरियोग्राफी रहेको छ । स्मारिका ढकाल र सुशान्त ढकालको अभिनय रहेको धोकाको निर्देशन केशवराज भट्टले गरेका हुन् । प्रेममा हुने धोका र त्यसपछि लिइने बदलाको कथालाई रोचक बनाउन स्मारिकालाई डबल रोलमा देखाइएको छ । सार्वजनिक गीतको भिडियो संगीतकार सरोज पोखरेलको अफिसियल च्यानल सरोज पोखरेलबाट बजारमा आएको हो । मोडल सुशान्तले यसअघि निधारैमा टिकी, दिलमाया, तिम्रो माया, एक चोटी त बोलीदेउलगायत चार दर्जन बढी भिडियोमा अभिनय गरिसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार