चिलीका संगीतकारसँग मिलेर नेपाली युवा सितारवादक हिमालयन सितारले ल्याए ’वेदांशी’

शुक्रबार, फागुन २९, २०८२

काठमाडौँ । सितार वादक हिमालयन सितारले ’वेदांशी’ नामक गीत रिलिज गरेका छन् । वेदांशी ’श्रुती’ नामक एक्ल्बमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले बताए । सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन हो वेदांशी । वेदांशी नामक गीतमा हिमालयन सितारले चिलीको ब्याण्ड ’सेरो डुओ’सँग सहकार्य गरेका छन् । ७ मिनेट लामो वेदांशीमा हिमालयन सितारलाई चिलीका संगीतकार मोआ एड्मन्डस ग्वेभाराले लाफ्ता र तोमास कारास्को गुवेरान्तिसले सेक्सोफोन बजाएर साथ दिएका छन् । सार्वजनिक गीत हिमालयन सितारको अफिसियल युट्युब च्यानल, स्पोटीफाइ लगायतका डिजिटल प्ल्याटफर्ममा उपलब्ध छ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागमा एथ्नोम्यूजिकलोजीमा मास्टर्स गरिरहेका झापाका ’हिमालयन सितार’को वास्तविक नाम उत्तम घोष हो । उनी हिमालयन सितार मार्फत नेपाली शास्त्रिय संगीतलाई संसारभार चिनाउन चाहान्छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार