‘एक मुठ्ठी बादल’ नेपालमा जेठ १ मा प्रदर्शनमा आउने

सोमबार, फागुन २५, २०८२

काठमाडौँ । नेपाली फिचर फिल्म एक मुठी बादलः माई सेयर अफ स्काईले आउँदो वर्षको जेठ १ मा प्रदर्शन हुने भएको छ । निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरेको हो । चलचित्रका सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।
तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने चलचित्रले द्रुत गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबिचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा प्रस्तुत गर्नेछ । चलचित्रमा सहारा शर्माको लेखन तथा निर्देशन रहेको छ । अमेरिकाको न्युयोर्क बस्दै आएकी सहाराले यसअघि चेजिङ रेन्बोज शीर्षकको चलचित्र निर्देशन गरेकी थिइन् जुन चलचित्र २०१३ मा भएको काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलको ओपनिङ चलचित्र थियो । फिक्सन फिचरका साथ महोत्सवको उद्घाटन गर्ने सबैभन्दा कान्छी महिला निर्देशक बनेकी सहाराले यही महोत्सवको नेपाली पनोरोमा तर्फको शीर्ष पुरस्कार पनि जितेकी थिइन् ।
एक मुठी बादलले पनि थुप्रै अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार