सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा ईंग्ल्यान्डविरुद्ध पहिलो बलिङ गरिरहेको नेपालले स्पिनर शेर मल्ललाई डेब्यू गराएको छ । आइतबार ईंग्ल्यान्डले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले पहिला बलिङ गरेको छ । नेपालको प्लेइङ ११ मा अनुभवी बलर सोमपाल कामीले स्थान बनाउन सकेनन् । नेपालले फास्ट बलिङमा करण केसी र नन्दन यादवलाई रोजेको छ । यस्तै स्पिन बलिङमा शेर मल्लले डेब्यू गराएको हो । उनलाई समेट्न ललित राजवंशीलाई वेञ्चमा राखिएको छ । प्रतियोगिता मुम्बईको वानखेडे क्रिकेट रंगशालामा भइरहेको हो । अनेक आरोह अवरोह पार गर्दै तेस्रो पटक आइसिसी टि ट्वान्टी विश्वकप खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टोलीका लागि आज अर्को ठूलो दिन हो । मुम्बईको वाङखडे स्टेडियममा नेपालले २ पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गरेको छ । खेल नेपाली समयअनुसार दिउँसो ३ : १५ बजे सुरु भएको छ । सन् २०१४ पहिलो विश्वकप सहभागिता हङकङ र अफगानिस्तानलाई हराएको नेपालले त्यसपछि २०२४ मा दोस्रो पटक विश्वकपमा ३ खेल खेल्दा कुनै खेल जित्न सकेन । यद्दपी दक्षिण अफ्रिकासँग जितको नजिक पुगेर नेपालले १ रनको हार बेहोरेको थियो। त्यसले विश्व क्रिकेटलाई पछ्याउने ध्यान खिचेको थियो । यसपटक विश्व कपमा ४ खेल खेल्दा बढि भन्दा बढि जितेका लागि नेपाली टोलीले पक्कै प्रयास गर्नेछ। तर सजिलो भने छैन । इङ्ल्यान्ड, दुई पटकको अर्को च्याम्पियन वेस्ट इन्डिजसँगै इटाली र स्कटल्याण्डसँग नेपालले यसपटक प्रतिस्पर्धा गर्नेछ। नेपालले सुपर एटको सम्भावना बलियो बनाउन कम्तीमा एउटा ठूलो टोलीमाथि जित दर्ता गर्नुपर्नेछ । यहि विश्व कपका लागि छनोट हुनु अघि नेपालले वेस्ट इन्डिज विरुद्ध युएईमा भएको सिरिज २–१ ले जितेकाले धेरैले विश्वकपमा अप्रत्याशित नतिजाको अपेक्षा गरेका छन्। तर त्यति बेला नेपालले खेलको वेस्ट इन्डिजको टोलीका २ खेलाडी मात्र विश्व कप टोलीमा छन्। हरेक टोलीले कुनै पनि प्रतियोगिताको पहिलो खेललाई महत्त्वका साथ लिन्छन् । पहिलो खेलको जितले टोलीलाई अघिल्लो खेलका लागि मनोबल उच्च राख्न मद्दत गर्छ। नेपालको पक्षमा नतिजा आए वा नआएपनि प्रर्दशन कस्तो गर्छ भन्ने चर्चाको विषय बन्न सक्छ ।