फिल्म ‘जाँड’ लाई सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट प्रदान

शनिबार, माघ १७, २०८२

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘जाँड’ लाई सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट दिएको छ । राजु शाहको निर्देशन रहेको यो फिल्मलाई समितिले पिजी सर्टिफिकेट दिएको हो । राजेन्द्र भट्टको निर्माण रहेको फिल्ममा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका छ । सानबी, पदम र कमलाको अलवा फिल्ममा रमेश उप्रेति, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल लगायतको पनि अभिनय समेटिएको छ । सुकुलढोका मिडिया प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा कथा पटकथा सम्बाद सुनिलप्रसाद श्रेष्ठरराजु शाह र राजेन्द्र भट्टको रहेको छ । फिल्मको निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह छन् ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार