गायक अर्जुन गहतराजको ‘पराई मान्छे’ बोलको गीतको भिडियो सार्वजनिक

शनिबार, माघ १०, २०८२

काठमाडौं । गायक अर्जुन गहतराजको ‘पराई मान्छे’ बोलको गीतको भिडियो रिलिज भएको छ । सरिता सुनार र अर्जुनको स्वर रहेको ‘पराई मान्छे’ ले प्रेम र वियोगको कथालाई नजिकबाट केलाएको छ । गायक स्वयमकै शब्द संगीत रहेको सार्वजनिक गीतको भिडियोमा आफूलाई भन्दा बढी माया गरेको मान्छे टाढिदाको कथालाई भिडियोमा निर्देशक विशाल बरालले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।  जसमा मोडलद्धय अर्जुन र आश्मा कँडेल मज्जैले खुलेका छन् । नार्गाजुनमा छायांकन गरिएको भिडियोको कथा पनि गायक स्वयमकै हो । पूर्ण संयोगको संगीत संयोजन रहेको सार्वजनिक गीतको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन् । भिडियो अर्जुन गहतराज अफिसियलबाट बजारमा आएको हो ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार