सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय महिला क्रिकेटर सीता रानाले टि ट्वान्टी आईमा एक हजार रन पूरा गरेकी छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी आइसिसी टि ट्वान्टी विश्वकप छनोटमा जिम्बाब्वे विरुद्ध ८ रन बनाएसँगै सीताले १ हजार रनको कोसेढुङ्गा पूरा गरेकी हुन् । सीताले ६६ औं खेलमा यो उपलब्धि प्राप्त गरेकी हुन् । टि ट्वान्टी आईमा नटआउट ८२ रन उनको उच्च स्कोर हो । टि ट्वान्टी आईमा १ हजार रन पूरा गर्ने उनी तेस्रो महिला नेपाली क्रिकेटर हुन् । यसअघि पूर्व कप्तान रुविना क्षेत्री र कप्तान इन्दु बर्माले १ हजार रन पूरा गरेका छन् । रुविनाले जारी छनोट कै क्रममा र इन्दुले चार महिनाअघि मलेसियासँगको सिरिजका दौरान १ हजार रन पूरा गरेकी हुन् । सीता अहिले राष्ट्रिय टोलीको सबै भन्दा सिनियर खेलाडी हुन्। ००