टि ट्वान्टी आईमा रुविनाको एक हजार रन पूरा

बिहीबार, माघ ८, २०८२

काठमाडौं । नेपाली क्रिकेटर रुविना क्षेत्रीले टि ट्वान्टी आई मा १ हजार रन पूरा गरेकी छन् । राष्ट्रिय महिला टोलीकी पूर्व कप्तान समेत रहेकी रुविनाने कीर्तिपुरको टियु रंगशालामा आइसिसी टि ट्वान्टी विश्वकप छनोटमा आज नेदरल्याण्ड्सविरुद्ध ३२ रन बनाएपछि उनले १ हजार रन पूरा गरेकी हुन् । १९.५ ओभरमा २ रन लिने क्रममा पहिलो रन पूरा गरेपछि उनले हजार रनको कोसेढुंगा पूरा गरिन् । टि ट्वान्टीमा उनको स्कोर १ हजार ५ रन पुगेको छ।
रुविनाले ८१ खेलको ७१ इनिङ्समा यो सफलता प्राप्त गरेकी छन्। उनले टि ट्वान्टी १ शतक र १ अर्धशतक बनाएकी थिइन्। उनको १ सय १८ रन उच्च रन हो । ३५ रन बनाएकी रुविनाले सिता रानाले ४५ रनको साझेदारी गरेपनि नेपाल २ रनले पराजित भएको छ । उनले एक हजार रन पूरा गर्ने दोस्रो नेपाली महिला क्रिकेटर हुन् । यसअघि कप्तान इन्दु बर्माले अक्टोबरमा मलेसियासँगको ३–२ ले जितेको सिरिजमा टि ट्वान्टीमा १ हजार रन पूरा गरेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार