सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाललाई २ रनले स्तब्ध पार्दै नेदरल्याण्ड्स आइसिसी टि ट्वान्टी महिला विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गर्न सफल भएको छ । नेदरल्याण्ड्स एक खेल अगाडि नै सुपर सिक्समा पुगेको हो । नेपालको यो लगातार दोस्रो हार हो । जितको लागि १ सय ४१ रनको लक्ष्य पाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३८ रनमा समेटियो । ओपनर बिन्दु रावल १८ रनमा र सम्झना खड्का १४ रनमा आउट हुँदा नेपालले ३५ रन बनायो । मिडल अर्डरका खेलाडीले खराब प्रदर्शन गरे । कप्तान इन्दु बर्मा ६ रनमा, काजल श्रेष्ठ ४ रनमा र पुजा महतो ८ रनमा आउट भएसँगै ६२ रन जोड्दा नेपालले ५ विकेट गुमायो । यसपछि रूबिना क्षेत्री र कविता जोशीले छैटौं विकेटको लागि ३० रनको साझेदारी गरे । रुबिना क्रिजमा टिकिन् । कविता १३ रनमा आउट भइन् । लगतै कविता कुँवर १ रनमा आउट भईन् । यसपछि रूबिना र सीताले आश जगाए । अन्तिम ६ बलमा १२ रन जरूरी हुँदा रुबिना र सीताले १० रन मात्र जोड्न सके । यो सँगै नेपाल २ रनको हार भोग्न बाध्य भयो । यो हारमा नेपालको यात्रा कठिन बनेको छ। रूबिनाले ३२ बल खेल्दै ५ चौका सहित अविजित ३७ रन जोडिन् । सीताले १२ बल खेल्दै ५ चौका र १ छक्कासहित अविजित २७ रन बनाइन् । बलिङमा इधाबरल भ्यान डेरले ३ ओभरमा १६ रन दिएर ३ विकेट लिईन् । यसअघि कीर्तिपुरस्थित टियु रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारण २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि ४९ बाबेत डेलिटले सर्वाधिक ४९ रन बनाइन् । रोबिन रोके १९ र आइरिस जुइलिङ १४ रनमा नटआउट रहिन् । नेपालका लागि रुविना क्षेत्री २, सुमन विष्ट, पूजा महतो, रिया शर्माले समान १ विकेट लिए । नेदरल्याण्ड्सले यसअघि स्कटल्याण्ड र जिम्बाब्वेलाई हराएको थियो । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।