सिद्धि गणेश सहकारी कप चेस सुरु 

शुक्रबार, पुस १८, २०८२

भक्तपुर । सहकारीको सातौं सिद्धान्त “समुदायप्रति चासो” मा आधारित रहेर सिद्धि गणेश सहकारीले खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको आयोजना गरेको छ ।  अन्तर्राष्ट्रिय रेटिङ २००० मुनिका खेलाडीहरूलाई बुद्धिचाल स्पर्धाको अवसर जुराउँदै आफ्नै नाममा सिद्धि गणेश सहकारीले प्रतियोगिता सञ्चालन गरेको हो ।  प्रतियोगिताका संयोजक विष्णु राम डुमरुका अनुसार आज पुस १८ र भोलि १९ गते दुई दिन सञ्चालन हुने रापिड बुद्धिचाल खेलमा १८ जना विजयी खेलाडीहरूले कुल नगद पुरस्कार ५१ हजार प्राप्त गर्ने छन् । संयोजक डुमरुले प्रथम स्थान हासिल गर्ने खेलाडिले नगद रु. १० हजार पुरस्कार प्राप्त गर्ने जानकारी गराएका छन् । खेलमा द्वितीय हुनेले रु. ७ हजार, तृतीय हुनेले ५ हजार एवं दशौं स्थान सम्म आउने खेलाडीले नगद पुरस्कार हात पार्ने छन् । यस्तै विधागत पुरस्कार तर्फ उत्कृष्ट महिला, सिनियर खेलाडी, नव प्रवेशी, उत्कृष्ट स्थानीय, १९ सय, १८ सय, १७ सय रेटिङ मुनिका खेलाडी, युवा १६ वर्षका खेलाडी समेतले पुरस्कार पाउने भएका छन् । प्रमुख निर्णायक आइए ज्ञानेन्द्र खाइजुले प्रतिस्पर्धा स्विस लिग अन्तर्गत ९ चरणको खेल सञ्चालन हुने जानकारी दिए । खाइजुका अनुसार प्रत्येक चरण १० मिनेट १० सेकेन्ड इनक्रिजमेन्ट टाइम कन्ट्रोलमा खेलाइने छ भने डाइरेक्ट इन्काउन्टर, बुछोल्स् कटवानटु टाइब्रेकर नियम लागु हुने जानकारी गराएका छन् । भक्तपुर ७ को खन्च स्थित सिद्धि गणेशको ट्रेनिङ सभा हलमा पहिलो दिन १० बजे देखि जम्मा ४ चरणको खेल तथा दोश्रो दिन ५ चरणको खेल पश्चात पुरस्कार वितरण समारोह सम्पन्न गर्ने आयोजकले जानकारी गराएका छन् ।  

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार