सातौं मेयर कप टेबलटेनिस आइतबार देखि शुरु हुने

शुक्रबार, पुस १८, २०८२

ललितपुर ।  ललितपुर महानगरपालिका वडा नं. ६ को आयोजनामा सातौं मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुस २० गते आइतबार देखि शुरु हुने भएको छ ।  ललितपुर महानगरपालिका वडा नं. ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले पत्रकार सम्मेलनको आयोजना गरेर सातौं संस्करणको टेबलटेनिस प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका छन् ।  अध्यक्ष रुपेन्द्रराज शाक्यले खेलकुद मार्फत युवालाई सक्रिय बनाउने तथा खेलाडीलाई टेबलटेनिस खेल बिकास गराउदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा हासिल गराउने लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष शाक्यले प्रतियोगितामा पालिका भित्रका वडाहरुवाट ३०० जना खेलाडीको सहभागिता रहने जानकारी गराएका छन्। प्रतिस्पर्धामा खुल्ला पुरुष, महिला, उमेर समूह गरी जम्मा १७ विधा समावेश गरिएका छन् । स्पर्धा मार्फत टेबलटेनिसका नयाँ खेलाडीको प्रतिभा परिक्षण (टयालेन्ट हन्ट) तथा अनुभवी खेलाडीको क्षमता अभिवृद्धि गर्ने अवसर रहेको अध्यक्ष शाक्यले बताएका छन्। अध्यक्ष शाक्यले विजेता खेलाडीलाई कूल नगद पुरस्कार रु। ४ लाख २५ हजार, आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी गराएका छन् । ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा सञ्चालन हुने खेलमा अन्तर्राष्ट्रिय स्तरका निर्णायक सहित अन्तर्राष्ट्रिय मापदण्ड लागु गर्दै ३ स्टार बल प्रयोग गरिने जिल्ला संघका अध्यक्ष आशिष अवालेले जानकारी गराएका छन् । अन्तर महानगर टेबलटेनिस प्रतियोगिता ललितपुर कनिबहाल स्थित वडा नं। ६ कार्यालय प्राङ्गणमा २० देखि २६ गते सम्म जम्मा सात दिन निरन्तर खेल सञ्चालन हुनेछ।

SaalVXO_-1767353789.jpg
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार