केकी अधिकारीले ‘झिंगेदाउ २’को सेटमै सप्राइज केक काट्दै मनाइन् जन्मदिन

शुक्रबार, पुस ४, २०८२

काठमाडौं । अभिनेत्री केकी अधिकारीले बिहीबार ‘झिंगेदाउ २’को छायांकन सेटमै आफ्नो जन्मदिन मनाएकी छन्। यस वर्षको जन्मदिन ‘झिंगेदाउ २’को टिमले छायांकन सेटमै सप्राइजको रूपमा मनाएको हो । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ २’को छायांकन हाल काभ्रेको पनौती क्षेत्रमा भइरहेको छ, जसमा केकी शीर्ष भूमिकामा छिन् । सेटमा कलाकार महेश त्रिपाठी र आँचल शर्माले केकीको आँखा छोपेर सप्राइज केक काटेका थिए। जन्मदिनको अवसरमा चलचित्र पत्रकारहरूको पनि उपस्थिती रहेको थियो । केकीले आफ्नै होमप्रोडक्सनमा निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ सुपरहिट भएपछि सन् २०२६ भित्रै अर्को चलचित्रको तयारी गरिरहेकी छिन्। पछिल्लो समय प्रदर्शनमा आएको उनको चलचित्र ‘परान’ सफल भएको छ भने अर्को फिल्म ‘काजी’ प्रदर्शनको तयारीमा छ। केकी अधिकारीले सन् २०११ मा चलचित्र ‘स्वर’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन्।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार