एनपीएल–२ : इलिमिनेटरमा लुम्बिनीविरुद्ध काठमाण्डुको सामान्य लक्ष्य 

बुधबार, मंसिर २४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को इलिमिनेटरमा काठमाण्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर एक बलमा १११ रनमा अलआउट भयो । काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । जोन सिम्पसन र मोहम्मद आदिल आलम १८–१८, वेन चार्ल्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, कप्तान करण केसी ९ र रसिद खान २ रनमा आउट भए । शाहव आलम ४ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार