गायिका अनिता साउँदको नयाँ गीत ‘गैइजाउकी बिन्द्रा बन’ बजारमा

मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । गायिका अनिता साउँदको नयाँ गीत बजारमा आएको छ । अनिता साउँद र गायक पविन्द्र सुनारको आवाजमा रहेको ‘गैइजाउकी बिन्द्रा बन’ गीत बजारमा भिडियो सहित सार्वजनिक भएको हो । पछिल्ला वर्षमा निरन्तर सुपरहिट गीतहरू बजारमा ल्याउँदै आएकी देउडा गायिका अनिता साउँदले यसपटक पनि श्रोतामाझ नयाँ र दमदार सिर्जना पस्किएकी हुन् । गीतमा अनिता साउँदसँगै गायक पविन्द्र सुनारको स्वर समावेश गरिएको छ । गीतका शब्द तथा संगीत झलक भट्टले तयार पारेका हुन्, जसले गाउँघरको प्रेम र भावनालाई मन छुने ढंगले उतारेका छन् । गीतलाई आधुनिक र आकर्षक बनाउने कार्यमा पवन रणाभाटले एरेञ्ज, मिक्स र मास्टरिङको जिम्मा सम्हालेका छन् । राजेश बोहराको निर्देशनमा बनेको भिडियो उत्कृष्ट छायांकनका कारण झन् जीवन्त देखिएको छ । भिडियोको सिनेमेटोग्राफी अमित बीकेले गरेका हुन् । गीत–भिडियोमा वर्षा भण्डारी र महेन्द्र भट्टाराईले अभिनय गरेका छन् । ‘गैइजाउकी बिन्द्रा बन’ अनिता साउँदको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार