सुदुरपश्चिचम रोयल्सले विराटनगरलाई दियो मध्यम चुनौती

शनिबार, मंसिर २०, २०८२

काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ । टस जितेर बलिङ रोजेपछि विराटनगरले पहिले ब्याटिङ गरेको हो । सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो । सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन । ३६ रन मात्र जोड्दा १ विकेट गुमायो । चौथो ओभरमा विनोद भण्डारी बसिर अहमदको बलमा बोल्ड आउट भए । उनी १५ आउट हुँदा सुदूरपश्चिमले २५ रन बनाएको थियो । यसपछि जस ब्राउनले २० रन जोड्दा जीवनदान पाए। मर्चेन्ट डि लाङ्गेले हातमा आएको क्याच ड्रप गरे। तर उनले यसको फाइदा उठाउन सकेनन्। आठौं ओभरको अन्तिम बलमा ब्राउन सन्दीपद्वारा आउट भए । २४ रन बनाएका उनी साम हेजललेटद्वारा क्याच आउट भए । उनले आकर्षक क्याच लिए । यतिखेर सुदरले ४२ रन जोडेको थियो। सुदरले १० ओभरमा ५४ रन मात्र बनायो । क्रिजमा आशिफ शेख र इशान पाण्डेले इनिङस सम्हाले । १५ ओभरको समाप्तीमा सुदरले १ सय २ रन बनायो। यी दुई तेस्रो विकेटको लागि ७२ रनको साझेदारी गरे । यो साझेदारीलाई सन्दीपले तोडे । इशान ३५ बलमा २ चौका र २ छक्का प्रहार गरेर ३८ रनमा आउट भए । लगतै अर्को बलमा सन्दीपले हर्मित सिंहलाई गोल्डेन डक आउट गरे । १ सय १४ रन जोड्दा सुदुरले चौथो विकेट गुमायो । अन्तिम ओभर बलिङको जिम्मा सन्दीपले प्रतिश जिसीलाई दिए । उनले पहिलो बलमा नै १९ रन बनाएका दीपेन्द्र सिंह ऐरीलाई आउट गरे । यही ओभरको अन्तिम बलमा प्रतिशले दीपक बोहरा बोल्ड आउट गरे । आरिफ ३२ बलमा १ चौका र ३ छक्का सहित अविजित ४५ रनमा रहे । बलिङमा कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन बनाएर ३ विकेट लिए । उनी १५ विकेट सहित सर्वाधिक विकेट लिने सुचीको शीर्षस्थानमा रहेका छन् । सुदुर जारी एनपिएलमा अपराजित एक मात्र टिम हो । जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको छ । विराटनगर पनि क्वालिफायर वानमा प्रवेश गर्न चाहन्छ। ७ खेल खेलिसकेको काठमाडौंसँग १० अंक रहेको छ । विराटनगर हारेको खण्डमा काठमाडौं क्वालिफायरमा पुग्नेछ। जितले भने विराटनगरको संभावना रहनेछ । विराटनगरले खेल जिते दुवै टिमको समान १० अंक हुनेछ । रन रेटको आधारमा एक टिम क्वालिफायर वानमा पुग्नेछ । बिराटनगरलाई क्वालिफायर वानमा पुग्न १३ ओभर ४ बलमा जित निकाल्नु पर्नेछ । आज हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ । दुवै टिम लिग चरणबाट बाहिरिने निश्चित भैसकेको छ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार