आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै

शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा सबै सदस्यराष्ट्रमा विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।  स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन थालिएको हो । राष्ट्रसंघीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तरराष्ट्रिय दिवसका रूपमा सदस्य देशमा यो दिवस मनाउने घोषणा गरेको हो । ‘हरेक योगदानको महत्व छ’ भन्ने २०२५ को नाराले सानोदेखि ठूलो हरेक सहयोगले समाजलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँछ । चाहे केही घण्टा सहयोग होस् वा सानो कौशल बाँड्ने काम, प्रत्येक स्वयंसेवकको योगदानले समुदायमा सकारात्मक परिवर्तन ल्याउँछ ।  स्वंसेवकहरुको भूमिका मार्फत गरिबी, असमानता, शिक्षा, स्वास्थ्य, र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको सामना गर्न सहयोग पुग्दै आएको छ । स्वयंसेवकहरूले समावेशी समुदायहरू निर्माण गर्न, उपेक्षित आवाजहरूलाई सशक्त बनाउन, र सामाजिक तथा वातावरणीय समस्याहरूको सामना गर्न प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछन् भन्ने अठोट पनि आजको दिनले लिएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार