रत्नराज्यलक्ष्मी स्कूलका अंकित चेसमा अगाडी 

शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं । जारी दोस्रो ट्रङ्ग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन युवा १७ वर्ष समूह तर्फ अंकित पौडेलले ६ अंक जोडेका छन् । श्री रत्नराज्यलक्ष्मी सेकेण्डरी स्कूलका विद्यार्थी अंकित पौडेलले आफ्ना सबै प्रतिद्वन्द्वी माथि जीत दर्ता गर्दै एकल अग्रता कायम गर्न सफल भएका छन् । बुढानिलकण्ठ स्थित स्कूलको प्राङ्गणमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा हिमालयन चेस एकेडेमीका आशिर्वाद थापा ५.५ अंक जोडेर दोस्रो स्थान कब्जा गरिरहेका छन् । यस्तै डिएभि स्कूलका हर्षवर्धन राठी, मिनिल्याण्ड इङ्गलिस स्कुलका रिदिप सिम्खडा, बागेश्वरी सेकेण्डरीका सन्देश बरुवाल, ट्रंवेल शान्ति पाठशालाका सूर्यांशु कोइराला, मातृभूमि स्कूलका सबिद प्रजापति, नाइटिङ्गेल स्कूलका सुभनदिप थापा र हिमालयन चेस एकेडेमीका अनमोल राई समान ५ अंक बनाउदै संयुक्त तेस्रो स्थानमा रहेका छन् । युवा १३ वर्ष समूहमा सूर्योदय सेकेण्डरी बोर्डिङ्ग स्कूलका अग्रिम सैंजु, ग्लोबल  एजुकेशन एकेडेमी दमकका श्रीयांश चौलागाईं, भारतका बग्रि कुशल र पुष्पसदन स्कूलका हार्दिक पन्त समान ५ अंक जोडी संयुक्त पहिलो स्थानमा कब्जा जमाएका छन् । युवा १० वर्ष मुनि भारतीय हजेलउड स्कूलका मानस र नेपाली बालविकास इङ्गलिस स्कूलका हृदय बस्नेत समान ५ अंक बनाउदै संयुक्त पहिलो स्थानमा रहेका छन् ।  यस्तै लाबोरेटोरि सेकेण्डरी स्कूलका अंकित पोखरेल ४।५ अंक जोडेर दोस्रो स्थानमा छन् । डाइनामिक चेस एकेडेमी झापाका अक्षांश घिमिरे सहित १० खेलाडी चार अङ्क जोड्दै संयुक्त तेस्रो स्थानमा रहेका छन् । यसैगरी युवा १७ वर्ष छात्रा तर्फ नेपालका सनम श्रेष्ठ र श्रेषा दुवाल समान ४।५ अङ्क जोडेर संयुक्त अग्र स्थानमा छन् भने प्रज्ञा पन्त र जोत्सना महर्जन ४ अङ्क सहित दोस्रो स्थानमा छन् । युवा १३ वर्ष छात्रा समूहतर्फ मार्वलस स्कुलका निहाना श्रेष्ठले ५ अङ्क जोड्दै एकल अग्रता बनाएका छन् । मार्वलस स्कूलकै सुहानी सिंह ४।५ अंक दोस्रो स्थानमा छन् ।
ग्लोबल एजुकेशन एकेडेमी दमकका प्रविशा दवाडी सहित अन्य छ जना खेलाडीको समान ४ अंक सहित संयुक्त तेस्रो स्थानमा उभिएका छन् । टंग्राम इन्टरनेशनल एकेडेमीद्वारा आयोजना गरिएको प्रतियोगितामा कूल ५०४ जना विद्यार्थी खेलाडीहरू सहभागी छन् ।  उक्त अन्तर्राष्ट्रिय चेस प्रतियोगिता जम्मा ६ विधाका खेलाडीहरूलाई अन्तिम दिन १९ गते शुक्रबार कूल ३ लाख नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ०८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार