सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं । लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ । चितवन राइनोजलाई ४९ रनले पराजितगरेसँगै सुदूरपश्चिम क्लालिफायरमा स्थान पक्का गर्ने पहिलो टोली बनेको हो । सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो । चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ । चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का भएको छ । विराटनगर प्ले अफ पुग्ने तेस्रो टोली बनेको छ। जितको लागि १ सय ७० रनको चुनौती पछाएको चितवन १७।१ ओभर मा अल आउट हुँदै १ सय २० रनमा समेटियो । पावर प्लेमा चितवनले ३ विकेट गुमाएर ३६ रन‌ मात्र बनायो। २।३ ओभरमा ६ रन बनाएका ओपनर डविट मलान रन आउट भए। दीपेन्द्र सिंह ऐरीको डाइरेक्ट हिटमा मलान आउट भए । अर्का ओपनर अर्जुन साउद पनि मात्र १६ रनमा दीपेन्द्रकै बलमा स्कट कुगेलनद्वारा आउट भए । दुई ओपनर गुमाउँदा चितवनले २३ रन मात्र बनायो । लगत्तै सेफ जेब पनि ६ रनमा पबिलियम फर्किए। उनी हिक्मत महराको बलमा आउट भए । त्यसपछि कप्तान कुशल मल्ल मात्र १५ रनमा आउट भए । उनलाई इशान पाण्डेले आउट गरे । यो खेलमा पनि कुशलको प्रदर्शन कमजोर रहयो। १० ओभरको समाप्तिमा ६४ रन जोडेको थियो । पाँचौं विकेटको रूपमा रवि बोपरा २९ रनमा अभिनाष बोहराको बलमा आउट भए। यो सँगै चितवन दबाबमा आयो । यतिखेर चितवनले ९० रन जोडेको थियो । १५ ओभरमा १ सय ५ रन बनाउँदा चितवनलाई जितको लागि अन्तिम ३० बलबाट ६५ रन आवश्यक थियो । कुनै पनि समय साझेदारी बन्न सकेन। १६ औं ओभरमा चितवनले लगातार ३ विकेट गुमायो । १६ औं ओभरको चौथो बलमा पुनित मेहराले देव खनाललाई २८ रनमा स्टम्पिङ आउट गरे । लगत्तै अर्को बलमा जर्जलाई गोल्डेन डक आउट गरे। यसपछि ह्याट्रिक विकेट लिने दाउमा पुनित थिए ।‌ अमर सिंह राउटेला रन आउट भए। पुनितको ह्याट्रिक विकेट भएन। तर टिमले भने ह्याट्रिक विकेट लियो । यसपछि रिजन ढकाल १ रनमा रन आउट भए भने ६ रन बनाएका कमल ऐरी पनि बोल्ड आउट भए । यो सँगै चितवन अल आउट भयो । बलिङमा पुनितले २ ओभर १ बलमा १४ रन दिएर ३ विकेट लिए। दीपेन्द्र, हिक्मत र इशानले १–१ विकेट लिए । त्यसअघि टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदुरले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए। मात्र २ रन जोड्दा जीवनदान पाए। कुशल मल्लले क्याच ड्रप गरे । यी दुईले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गरे। विनोद १७ बलमा २१ रन जोडेर रन्जित कुमारको बलमा आउट भए । पहिलो पावर प्लेमा सुदरले ४६ रन बनायो । यसपछि दोस्रो विकेटको रूपमा इशान पाण्डे मात्र १ रन जोडेर सेफ जेबको बलमा डविट मलानद्वारा क्याच आउट भए। यसपछि क्रिस र पुनितले तेस्रो विकेटको लागि ३८ रनको साझेदारी गरे। पुनित १३ रनमा सेफ कै बलमा आउट भए। तेस्रो विकेट गुमाउँदा सुदरले ८७ रन बनाएको थियो । २ रन जोड्दा जीवनदान पाएका लिनले ४२ बल खेल्दै ३ चौका र २ छक्का सहित अर्धशतक बनाए । १० ओभरको समाप्तिमा सुदरले ७१ रन जोडेको थियो । चौथो विकेटको रूपमा हर्मित सिंह जर्ज स्क्रिमसअको बलमा आउट भए । उनी मात्र १ रनमा आउट भए। सुदरले १५ ओभर सकिंदा ४ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । क्रिजमा जमेका क्रिस १७ औं ओभर सकिए लगतै ७५ रन बनाएर रिटायर्ड हर्ट भए। उनले ५६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे । उनी नै सुदरको लागि सर्वाधिक रन जोड्ने खेलाडी बने । बलिङमा सेफ जेबले ४ ओभरमा ३५ रन दिएर २ विकेट लिए। रन्जित र जर्जले १र१ विकेट लिए । यसअघि साहब आलमको ह्याट्रिक विकेटमा काठमाडौं गोर्खाज पाँचौं जितका साथ प्ले अफमा प्रवेश गर्न सफल भएको छ। पोखरा एभेन्जर्सलाई लाई १३ रनले हराउँदै काठमाडौं प्ले अफमा पुग्ने दोस्रो टिम बनेको छ ।

लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै
टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ ः ०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । ६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र पाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार