एनपीएल : लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य

बुधबार, मंसिर १७, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा लुम्बिनी लायन्सलाई विराटनगर किंग्सले १४५ रनको लक्ष्य दिएको छ ।  बुधबार टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १४४ रन जोडेको हो । ५ खेल खेलेको विराटनगर ४ जितसहित तेस्रो स्थानमा छ । लुम्बिनी ५ खेलबाट २ खेल जित्दै छैटौं स्थानमा छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार