सोसल मिडिया
Contact Us
युनिकोड
एजेन्सी । भारत गुजरातका गणेश बरैयाको उचाइ केवल तीन फिट र तौल २० किलो मात्र छ । शारीरिक रुपमा अशक्त उनी यतिबेला सबैका लागि प्रेरणाको स्रोत बनेका छन् । उनी अब चिकित्सकका रुपमा देखिन थालेका छन् । नोभेम्बर २७ बाट उनले काम पनि सुरु गरेका छन् । चिकित्सा अभ्यास गर्ने र डाक्टर बन्ने आफ्नो सपना साकार पार्न कानुनी लडाइँहरू पार गरेका छन् । कानुनी समस्याहरूले भरिएको उनको यात्रा २०१८ मा उनको उचाइका कारण मेडिकल काउन्सिल अफ इन्डियाले उनलाई एमबीबीएस कार्यक्रममा प्रवेशमा अस्वीकार गरेको थियो । तर मुद्दा दायर गरेको चार महिनापछि सर्वोच्च अदालतले गणेशलाई उनको तीन फिट उचाइको कारणले भर्ना अस्वीकार गर्न नसकिने फैसला सुनाएपछि उनी प्रेरणाका स्रोत बन्न पुगेका हुन् । उनले अब चिकित्सा डिग्री हासिल गर्ने र समुदायको सेवा गर्ने अवसर पाउनेछन् । होचो कदका कारण विभेदको सामना गर्नु परेपनि कठीन मेहेनतबाट विश्वकै सबैभन्दा होचो डाक्टर बन्न सफल भएका छन् । शरीरको उचाइका कारण कार्यस्थलमा डाक्टरको भूमिका निभाउन नसक्ने भन्दै मेडिकल काउन्सिलबाट पीडित बनेका उनलाई अदालतले न्याय दिएको हो । सन् २०१८ मा भारतको सर्वोच्च अदालतले गणेशलाई एमबीबीएसमा भर्ना गर्नका लागि मेडिकल काउन्सिललाई आदेश दिएको थियो । उनका आमाबाबु किसान हुन्, र उनी नौ दाजुभाइ, सात दिदीबहिनी र एक कान्छो भाइमध्ये एक हुन् । उनको परिवार कच्चा घरमा बस्छ । अब उनको पहिलो लक्ष्य उनीहरूको लागि उचित घर बनाउनु हो ।–एएनआइ