सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाज तेस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौंले आज चितवन राइनोजलाई ५३ रनले हरायो। चितवनको यो दोस्रो हार हो । खराब ब्याटिङ चितवनको हारको कारण बन्यो । जितको लागि १ सय ४३ रनको चुनौती पछाएको चितवन १७ ओभर २ बलमा अल आउट हुँदै ८९ रनमा समेटियो। सहज लक्ष्य पाएपनि चितवनले निराशाजनक सुरुवात गर्यो । ७ ओभरमा मात्र ३२ रन बनाएर ४ विकेट गुमायो । पजिलो ओभरको पाँचौं बलमा दीपक बोहरा कप्तान करण केसीको बलमा आउट हुँदा चितवनले रनको खाता समेत खोल्न सकेको थिएन । चौथो ओभरमा अर्का ओपनर डविट मलान ७ रनमा मिलिन्द कुमारको बलमा इराामसद्वारा समातिए। त्यतिखेर टिमले १६ रन बनाएको थियो। लगत्तै सेफ जेव १ रनमा मिलिन्दकै बलमा र देव खनाल २१ रन जोडेर साहबको बलमा इरासमसद्वारा आउट भए। ४ विकेटको नोक्सानीमा ३२ रन बनाएको चितवन दबाबमा आयो । चितवनलाई जितको लागि साझेदारी जरुरी थियो। तर चितवनका खेलाडी सम्हालिएर क्रिजमा टिक्न सकेनन्। कप्तान कुशल मल्ल ६ रनमा साहबको बलमा पबिलियन फर्किए। ९ ओभर २ बलमा ५ विकेट गुमाउँदा ४३ रन जोडेको चितवनलाई जितको लागि ६४ बलबाट १ सय रन आवश्यकता थियो । तर लगत्तै अर्जुन साउद २ रनमा सन्तोष यादवको बलमा करणद्वारा क्याच आउट भए । ६ विकेटको नोक्सानीमा चितवनलाई ४६ रनमा रोक्दा काठमाडौंले खेलमा दबाब बनायो । त्यसपछि भर गरिएका खेलाडी रबि बोपरा पनि २१ रनमा रसिद खानको बलमा आउट भए। यो सँगै चितवन हार नजिक पुग्यो। चितवनले १४ ओभर ५ बलमा ७ विकेट गुमाउँदा ७१ रन बनायो। अन्तिम ३१ बलमा ७२ रन जोड्नुपर्ने थियो । आठौं विकेटको रुपमा सोहेल तनबीर १८ रनमा करणको बलमा बोल्ड आउट भए । चितवनले १ सय रन बनाउन नै संघर्ष गर्यो । रसिद खानले १.२ ओभरमा ३ रन दिएर ३ विकेट लिए । मिलिन्द, करण, कमल र साहबले समान २ विकेट लिए । ४ ओभर बलिङ गर्दै मिलिन्दले १८ रन, करणले २३ र साहबले २६ रन दिए । त्यसअघि टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कप्तान कुशल मल्लले बलिङ रोजे। पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर ४ बलमा अल आउट हुँदै १ सय ४२ रनमा समेटियो । खराब सुरुवात गरेको काठमाडौको लागि मिलिन्द र सिम्पसनले राम्रो साझेदारी गरे। तर यसपछि काठमाडौंले २३ बलमा २० रन ७ विकेट गुमायो । काठमाडौंको पनि सुरुवात कमजोर रह्यो । पहिलो पावर प्लेमा ३९ रन मात्र बनाउँदा टप अर्डरका ३ खेलाडीलाई गुमायो । दोस्रो ओभरको अन्तिम बलमा आकाश त्रिपाठी रन आउट भए। मात्र ४ रन बनाएका ओपनर आकाशलाई चितवनका विकेट किपर अर्जुन साउदले रन आउट गर्दा काठमाडौंले १४ रन बनाएको थियो । वान डाउनमा क्रिजमा छिरेका रसिदलाई रन्जित कुमारले वोपाराद्वारा क्याच आउट गराए । ६ रन जोडेर रसिद आउट भए । ३ ओभरको समाप्तीमा ३ विकेटको नोक्सानीमा मात्र २० रन जोडेको थियो । त्यसपछि पाँचौ ओभरमा अर्का बेन्स चार्लसवर्थ १४ बल खेल्दै १३ रनमा सोहेल तनबीरको बलमा बोपराद्वारा नै क्याच आउट भए । तेस्रो विकेटको नोक्सानीमा २४ रन मात्र जोडेको काठमाडौंको टप अर्डरको प्रदर्शन निराशाजनक रहयो। १० ओभरको समाप्तिमा काठमाडौंले ५९ रन बनायो । क्रिजमा रहेका दुई विदेशी मिलिन्द र जोन सिम्पसनले जिम्मेवारीपुर्ण ब्याटिङ गरे । यो क्रममा सिम्पसनले २६ औं सोहरल तनबीरको बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए । उनले ३ चौका र ४ छक्का प्रहार गरे। पाँचौ खेलमा काठमाडौंका कुनैपनि खेलाडीले प्रहार गरेको यो पहिलो अर्धशतक पनि हो । यसपछि सिम्पसन र मिलिन्दले चौथो विकेटको लागि ६८ बलबाट ९८ रनको महत्वपूर्ण साझेदारी बोपराले तोडे । ४३ बल खेल्दै ४ चौका सहित ३८ रन जोडेर मिलिन्द आउट भए। उनी आउट हुँदा काठमाडौंले १६ ओभरको समाप्तिमा १ सय २२ रन बनाएको थियो । मिलिन्द आउट भएपछि थप ११ रन जोड्ने क्रममा काठमाडौंले ६ विकेट गुमाउँदा काठमाडौं धराशायी बन्यो। कमल ऐरीले सिम्पसनको ठूलो विकेट झारे। २९ बलमा ३ चौका र ५ छक्का सहित ६० रनको पारी खेले । १८ औं ओभरमा सोहेल ३ विकेट लिन सफल रहे। जेराड इरासमस रनको खाता नखोली, आदिल ८ रनमा र सन्तोष यादव पनि रनको खाता नखोली आउट भए । १९ औं ओभरको पहिलो बलमा रन्जित कुमारले १ रन बनाएका करणलाई दीपेन्द्रद्वारा क्याच आउट गराए । ६ रन बनाएका दिपेश कँडेललाई कमलले आउट गरेसँगै चितवन काठमाडौंलाई अल आउट गर्न सफल रहयो । बलिङमा सोहेलले ४ ओभरमा २५ रन दिएर ४ विकेट लिए। रन्जित र कमलले २र२ तथा १ विकेट लिए । पाँचौं खेलमा काठमाडौंको यो तेस्रो जित हो । उसले ६ अंक बनाएको छ । चौथो खेल खेलेको चितवनको यो दोस्रो हार हो। उसको ४ अंक छ । चितवनका ३ खेलमा २ जित र १ खेलमा हार बेहोरेको छ। काठमाडौंले समान २ खेलमा जित र हार भोगेको छ ।