एनपीएल : कर्णाली याक्सद्वारा विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य

शुक्रबार, मंसिर १२, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य दिएको छ ।  शुक्रबार त्रिवि मैदानमा भएको दोस्रो खेलमा कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै १६१ रनको लक्ष्य दिएको हो । टस जितेर कर्णालीले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।  विराटनगरको यो पाँचौं खेल हो । उसले ४ खेलबाट ६ अंक बनाएको छ । विराटनगर पछिल्लो खेलमा चितवनसँग ४८ रनले हारेको थियो । लगातार ३ खेल जितेको विराटनगरलाई चितवनले पहिलो हार चखाएको थियो । त्यसअघि भने विराटनगरले जनकपुर बोल्ट्सलाई ९ विकेटले, काठमाडौं गोर्खाजलाई ५ विकेटले र पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो । कर्णालीको यो चौथो खेल हो । पछिल्लो खेलमा कर्णाली सुदूरपश्चिम रोयलसँग ४५ रनले हारेको थियो कर्णाली चितवनसँग ४ विकेटले हारेको थियो । लुम्बिनीलाई ९ विकेटले हराएको थियो भने कर्णालीसँग २ अंक मात्र छ । यसअघि आज पहिलो खेलमा काठमाडौं तेस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौंले चितवन राइनोजलाई ५३ रनले हराएको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार