सुदुरपश्चिम रोयल्सको प्ले अफ पुग्ने सम्भावना उच्च, लुम्बिनी लायन्समाथि ७ विकेटको जित

बिहीबार, मंसिर ११, २०८२

काठमाडौं ।  सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा लगातार चौथो जितका साथ प्ले अफ पुग्ने सम्भावनालाई उच्च बनाएको छ। सुदूरले आज लुम्बिनी लायन्सलााइ ७ विकेटले हराएको छ । लुम्बिनीको यो लगातार तेस्रो हार हो । यो सँगै उसको प्ले अफ यात्रा कठिन बनेको छ । सुदुरको जितमा बिनोद र आरिफ शेखको साझेदारी प्रमुख रहयो । बिनोदले अर्धशतक बनाए । बलिङमा हर्मित र अविनाशको बलिङ उत्कृष्ट रहयो । जितका लागि १ सय ४५ रनको लक्ष्य पच्छयाएको सुदुरले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै पुरा गर्‍यो । ६ ओभरको समाप्तीमा २ विकेट गुमाएर ४४ रन बनाएको थियो । ओपनर जस ब्राउन अविशेष गौतमको बलमा ९ रन जोडेर आउट भए । वान डाउनमा छिरेका क्रिस लिन आजको खेलमा पनि क्रिजमा टिक्न सकेनन् । रुबेन ट्रम्पलमानको बलमा १६ रन जोडेर आउट भए । ३९ रन जोड्दा दुई विकेट गुमाए पनि विनोद भण्डारीले इनिङ्स सम्हाले। उनले सामना गरेको ३७ औं बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए । उनले अर्ध सतक बनाउने क्रममा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । बिनोद र आरिफले तेस्रो विकेटको लागि ९९ रनको सानदार साझेदारी गरे । आरिफ तिलकराज भण्डारीको बलमा रोहित पौडेलद्वारा क्याच आउट भए । आरिफले ३७ बलमा ४ चौका र १ छक्का सहित ३९ रन जोडे। बिनोद अविजित ६९ रनमा रहे । उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । हर्मित सिंह अविजित ७ रनमा रहे। बलिङमा रूबेन, अविशेष र तिलकले १–१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ४ बलमा अल आउट हुँदै १ सय ४३ रन बनायो । १४.१ ओभरमा ३ विकेट नोक्सानीमा १ सय ४ रन जोडेको लुम्बिनीले ३९ रन थप्दा बाँकी ७ विकेट गुमाएको थियो। रोहित आउट भएपछि टोलीको एकपछि अर्को विकेट पतन भइरह्यो । ओपनर ड्रेसी सर्टले ११ बलमा ४ चौकासहित १८ रन, अर्का ओपनर सुमित महर्जनले १४ बलमा ३ चौकाका साथ १८ रन नै जोडे । तेस्रो नम्बरमा ब्याटिङ गर्न गएका कप्तान रोहित पौडेल र दीलिप नाथले तेस्रो विकेटको लागि ५२ रनको साझेदारी गरे । त्यो साझेदारी हेमन्त धामीले तोडे । ३६ बल खेलेका रोहितले ३ चौकासहित ३५ बनाए । १७ औं ओभरमा गुलबदिन नाइनलाई ११ रनमा अभिनाश बोहोराले आउट गरे । त्यो ओभरमा रुविन ट्रम्पलम्यानलाई कप्तान दीपेन्द्र सिंह ऐरीले रन आउट गरे। अभिनाशलेले आफ्नो तेस्रो ओभरको अन्तिम बलमा दीलिपलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए ।‌ २९ बलमा २ चौका १ छक्कासहित दीलिपले ३१ रन जोडे। अभिनाशले आफ्नो अन्तिम ओभरको अन्तिम बलमा सन्दीप जोरा (७ रन) को विकेट लिए । सुदूरपश्चिमका अभिनाश र हर्मितले ३, हेमन्तले २ विकेट लिए । त्यसअघि शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले टस जितेर फिल्डिङ रोजेको थियो । एनपिएलको जारी सिजनमा यसअघिका १२ वटै खेलमा  टस जित्ने टोलीले नै फिल्डिङ रोज्दै आएको छ। सुदुरपश्चिम जारी एनपिएलमा अपराजित एक्लो टोली हो । उसले ४ खेलमा ८ अंक बनाएको छ। लगाातारको जितमा प्ले अफको निकै नजिक पुगेको छ । लुम्बिनीले भने पहिलो खेलमा चितवनलाई हराएपछि लगातार तेस्रो हार बेहोरेको छ । चार खेलबाट २ अंक जोड्दा लुम्बिनीको यात्रा निकै कठिन बनेको छ। उसले अब प्ले अफ संभावनालाई कायमै राख्न बाकी सबै खेल जित्नुोर्नेछ । आज हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ। आजको खेलमा पोखराले हरियो जर्सी लगाउनेछ। जसमा “ग्लासियर्स म्याटर”लेखिएको हुनेछ। जनकपुरका खेलाडीहरूले आफ्नो आमाको नाम अंकित जर्सी लगाउनेछन्। आज दुवै टिमको जर्सी अक्सन गरेर जम्मा भएको रकम पोखराले जलवायु परिवर्तन सम्बन्धि कार्य गर्ने संघ संस्थालाई प्रदान गर्नेछ । जनकपुरले भने जेनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरूलाई सहयोग गर्नेछ ।
Photo-(1)-(46)-1764238852.jpg
 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार