एनपीएल : विराटनगरलाई चितवनको १७५ रनको लक्ष्य

बुधबार, मंसिर १०, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार) को खेलमा विराटनगर किङ्सलाई चितवन राइनोजले १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको हो । आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ । चितवन भने दोस्रो जितको खोजीमा मैदानमा उत्रिएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार