सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज चितवन राइनोजले विराटनगर किंग्सको सामना गर्दैछ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजे। चितवनले पहिले ब्याटिङ गर्नेछ । आजको खेलमा विराटनगरले प्लेइङ ११ एक परिवर्तन गरेको छ । मार्टिन गप्टिलको स्थानमा साम हिजलेटलाई अवसर दिइएको छ । चितवनले पनि एक परिवर्तन गरिएको छ । रिजन ढकाललाई ड्रप गर्दै रञ्जित कुमारलाई खेलाइएको छ । लगातर तेस्रो जितकासाथ रन रेटको आधारमा दोस्रो स्थानमा रहेको विराटनगर जितको लयलाई कायमै राख्न चाहन्छ । यदि आजको खेल जिते विराटनगर प्ले अफको नजिक पुग्नेछ । विराटनगर पछिल्ला ३ खेलमा अब्बल रहँदै आएको छ । पोखरा विरुद्ध २ सय २० रन जोड्न सफल विराटनगरले पछिल्लो खेलमा १ सय ३५ रनको योगफल पनि डिफेन्ड गर्न सफल भएको थियो । ब्याटिङ र बलिङ दुवैमा विराटनगर लयमा छ । पछिल्लो खेलमा जनकपुरलाई हराउँदा कप्तान सन्दीपले ४ ओभरमा ११ रन दिएर ४ विकेट लिएका थिए । विराटनगरले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले,काठमाडौं गोर्खाजलाई २ विकेटले र पोखरा एभेन्जर्सलाई लाई ५३ रनले हराउँदै ६ अंक बटुेको छ । चितवनले भने पहिलो खेलमा लुम्बिनीसँग ६ विकेटको हार बेहोरेको थियो । त्यसपछि चितवनले उत्कृष्ट कमब्याक गर्दै लुम्बिनी लायन्सलाई ६ विकेटले हरायो । चितवन यही जितको सिलसिलालाई कायमै राख्न चाहन्छ । तर यसको लागि चितवनले संगठित प्रदर्शन गर्न जरुरी छ । चितवनको यो तेस्रो खेल हो । उसले २ खेलबाट २ अंक छ । अंक तालिकामा सुदूरपश्चिम र विराटनगरको समान ६ अंक छ । रन रेटमा सुदुरपश्चिम शीर्षस्थानमा छ । काठमाडौं ४ अंक सहित तेस्रो स्थानमा छ । कर्णाली याक्स, चितवन, र लुम्बिनी लायन्सले समान २ अंक जोडेका छन् । साविक विजेता जनकपुर र पोखराले अंकको खाता खोल्न सकेका छैनन् ।