सोसल मिडिया
Contact Us
युनिकोड
कामठाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दृष्टिविहीन नेपाली महिला क्रिकेट टिमलाई सम्मान गरेको छ । क्यानले दृष्टिविहीन महिला टि ट्वान्टी क्रिकेट विश्वकपमा दोस्रो भएको नेपाली टोलीललाई नगदले पुरस्कृत गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजको खेल अघि क्यानले क्रिकेट टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेको हो । क्यानका सचिव पारस खड्काले टोलीलाई चेक हस्तान्तरण गरेका थिए । लुम्बिनी र काठमाडौंका खेलाडीले दृष्टिविहीन टोलीका खेलाडीलाई हात मिलाउँदै बधाई दिएका थिए । टोली सोमवार स्वदेश फर्केको थियो । हिजो साँझ प्रधानमन्त्री सुशीला कार्कीले टोलीलाई बधाईलाई भेटेर बधाई दिएकी थिइन् । नेपाल दृष्टिविहीन महिला क्रिकेट टिम भारत एवम् श्रीलङ्कामा सम्पन्न पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकप, २०२५ को उपविजेता रहेको थियो ।