सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । सप्ताहव्यापरी रुपमा मनाईने मिथिलाको ऐतिहासिक विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै जनकपुरधामका विद्यालयहरू तीन दिन बन्द हुने भएको छ । महोत्सवका अवसरमा आयोजित मेला भव्य बनाउन आजदेखि तीन दिनका सम्मका लागि विद्यालयहरू बन्द गर्न लागिएको हो । संस्थागत विद्यालयहरू आवद्ध प्याब्सन, एन–प्याब्सन र हिसान जनकपुरधामले संयुक्त रुपमा सूचना जारी गर्दै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको जनाएका छन् । सूचनामा विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनको सुविधालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ । साथै आजदेखि तीन दिनसम्म जनकपुरधामभरि माछा–मासु र मदिरा बिक्री वितरण प्रतिबन्ध लगाइएको छ । आइतबार राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले माछा मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको छ । कसैले आदेश विपरीत माछा मासु र मदिरा बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम सजाय हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।