सोसल मिडिया
Contact Us
युनिकोड
भैरहवा । मेची–महाकाली श्री गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा–२०८३ सोमबार रुपन्देहीको भैरहवा आइपुगेको छ । मुक्तिनाथबाट पूर्णिमाका दिन सुरु भएको रथयात्रा विभिन्न स्थान हुँदै आज भैरहवा आइपुगेको हो । भैरहवास्थित लुम्बिनीगेटबाट सुरु भएको रथयात्रा बुद्धचोक, बर्मेलीटोल, नारायणस्थान, मिलनचोक, बैंकरोड, देवकोटाचोकलगायत नगरका विभिन्न स्थानको परिक्रमा गरेको थियो । रथयात्रामा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो । श्री गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाम, नवलपरासीका कोषाध्यक्ष मंगल भण्डारीका अनुसार रथयात्रा त्रिवेणीस्थित श्री गजेन्द्रमोक्ष दिव्यधाम पुगेर समापन हुनेछ । यसैबीच मंसिर १ गते मंगलबार (भोलि) देखि श्री गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाममा अष्टाचल धनधान्याचल श्री गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३ सुरु हुँदैछ । मंसिर २९ गतेसम्म सञ्चालन हुने महायज्ञमा सहभागी भइ पुण्यलाभ लिन कोषाध्यक्ष भण्डारीले सबैमा आग्रह गरेका छन् ।