एनपीएलमा आज दुई खेल हुँदै 

कर्णाली याक्ससँग लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजसँग  विराटनगर किंग्स प्रतिस्पर्धा  गर्दै 

शनिबार, मंसिर ६, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । शनिबार त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स बिहान ११ः १५ बजे भिड्दै छन् भने दिउँसो ३ ः ३० बजे काठमाडौं गोर्खाज र  विराटनगर किंग्स प्रतिस्पर्धा  गर्दैछन् । कर्णाली याक्सका कप्तान सोमपाल कामी हुन भने लुम्बिनीका कप्तान रोहितकुमार पौडेल हुन् ।   पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णाली शनिबार चितवलाई ६ विकेटले हराएको लुम्बिनीसँग खेल जित्न उच्च मनोबलका साथ मैदानमा उत्रिँदैछ ।  यस्तै आज हुने दोस्रो खेलमा राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर करण केसी र लेग स्पिन सन्दीप लामिछानेको टिमबीच भिडन्त हुने छ । करणले काठमाडौंको कप्तानी गरिरहेका छन् भने सन्दीपले विराटनगरको कप्तानी गरिरहेका छन् ।  हालसम्म काठमाडौंले दुई खेल खेलि खेल्दा एक हार र एक जित हासिल गरेको छ । पहिलो खेलमा जनकपुर बोल्टसलाई ५ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको थियो । यस्तै, विराटनगरले आफ्नो पहिलो खेलमा पोखरालाई ५३ रनले हराएको थियो । 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार