एनपीएल : पोखरा एभेन्जर्सलाई सुदूरपश्चिमको १९४ रनको विशाल लक्ष्य

शुक्रबार, मंसिर ५, २०८२

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोयल्सले पोखरा एभेन्जर्ससामु एक सय ९४ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। विदेशी खेलाडी चम्किँदा सुदुरपश्चिमले पोखरालाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार साँझ पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा एक सय ९३ रनको योगफल तयार पारेको छ । पहिलो विकेटका लागि ओपनरद्वय जस ब्राउन र विनोद भण्डारीले १०.४ ओभरमा एक सय आठ रनको साझेदारी गरेका थिए ।  जस ब्राउनले ३५ बलमा चार चौका र पाँच छक्काको सहयोगमा ६८ रन बनाउँदा जिम्मी निसमको बलमा किरण ठगुन्नाको हातबाट क्याच आउट भए । अर्का ओपनर विनोद भण्डारी ४२ बलमा ६ चौका सहयोगमा ४३ रन बनाउँदा आकाश चन्दको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट नै हुन पुगे । १३ बलमा चार चौका र दुई छक्का सहयोगमा ३१ रन बनाउँदा क्रिस लिन जिम्मी निसमको बलमा अविशेक तिवारीको हातबाट क्याच आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी १५, स्कट कुग्लेजिन आठ र हरमित सिंहले चार रन बनाए । त्यस्तै, आरिफ शेख शून्यमा आउट भए ।  इसान पाण्डे ६ र नरेन साउँद चार रनमा अविजित रहे । पोखराका लागि जिम्मी निसमले तीन विकेट लिए । डान डाउथवेट र आकाश चन्दले दुई–दुई विकेट लिए । 

Photo-(2)-(38)-1763728519.jpg
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार