सुदूरपश्चिमको आक्रामक ब्याटिङ 

शुक्रबार, मंसिर ५, २०८२

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स विरुद्ध सुदूरपश्चिम रोयल्सले आक्रामक सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले राम्रो सुरुवात गरेको हो । सुदूरपश्चिमले पावर प्लेमा ६० रन बनाएको छ।  सुदूरपश्चिमका प्रारम्भिक ब्याटरद्वय जोस ब्राउन र विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेका छन् । जोसले २० बलमा ३२ र विनोदले १६ बलमा २० रन प्रहार गरेका छन् ।  पहिलो खेलमा पोखरा विराटनगरसँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो ।  आज पोखराले २ खेलाडी परिवर्तन गरेको छ। विपिन खत्री र सुमित बर्मालाई खेलाउँदा त्रितराज र म्याट टेलरलाई ड्रप गरिएको छ । सुदूरपश्चिमले भने कुनै पनि परिवर्तन गरेको छैन । सुदूरपश्चिम आज लगातार दोस्रो खेल जित्ने दाउमा रहनेछ। सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले हराएको थियो। पोखरा भने पहिलो जितको दाउमा रहनेछ। पोखरा विराटनगरसँग हारेको थियो । सुदूरपश्चिमले काठमाडौंलाई हराउँदा विदेशी खेलाडी हर्मित सिंहले अल राउन्ड प्रदर्शन गरेका थिए। साथै कप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारीपूर्ण पारी महत्वपूर्ण रहेको थियो । पोखराले एनपिएलकै सर्वाधिक लक्ष्य पछाउने क्रममा कुशल भुर्तेलले अर्धशतक बनाएका थिए। अन्य खेलाडी चल्न सकेनन् ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार