एनपीएल : लुम्बिनीले चितवनलाई ६ विकेटले हरायो

बिहीबार, मंसिर ४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ । चितवनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।  लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाए । उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल ३९, सन्दीप जोराले २८, डार्सी सर्ट ११, दीलिप नाथ १० रनमा आउट भए । जेजे स्मित ४ रनमा अविजित रहे । बलिङमा चितवनका रिजन ढकालले २ र सोहिल तन्विरले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए । उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कप्तान कुशल मल्ल २१, सैफ जैब १५, दीपक बोहरा १०, डविड मलान ०, देव खनाल १४ र सोहिल तन्विर ५ रनमा आउट भए । अर्जुन साउद ८ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका रुवेन ट्रम्पेल्मेनले सर्वाधिक ३ विकेट लिए । अभिषेश गौतम र गुल्बादिन नइबले दुईदुई विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार