सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जितका साथ विजयी सुरुवात गरेको छ । सुदूरले आज काठमाडौं गोर्खाजलाई २९ रनले हरायो । सुदूरको जितमा हर्मित सिंहको प्रदर्शन उत्कृष्ठ रहयो । जितको लागि १ सय ४८ रनको लक्ष्य पछ्याउँदै काठमाडौं १६।५ ओभरमा अल आउट हुँदै १ सय १८ रनना समेटियो । दोस्रो ओभरको पाँचौं बलमा ओपनर बेन चाल्सवर्थ ८ रनमा हेमन्त धामीको बलमा आउट भए । पहिलो विकेटको नोक्सानीमा काठमाडौंले १८ रन बनाएको थियो । वान डाउनमा क्रिजमा छिरेका भीम सार्की १२ रनमा हेमन्तको बलमा आरिफ शेखद्वारा क्याच आउट भए । लगत्तै सन्तोष यादव १ रनमा रन आउट भए । ३ विकेटको क्षतिमा काठमाडौंले ३९ रन बनायो । पहिलो पावर प्लेमा काठमाडौंले ५० रन जोडेको थियो । क्रिजमा आकाश त्रिपाठी र जोन सिम्पसन थिए । १० ओभरको समाप्तिमा ८७ रन बनाएको काठमाडौंलाई जितको लागि ६० बलबाट ६१ रन जरुरी थियो । जोन र आकाशले चौथो विकेटको लागि ४९ रनको साझेदारी गरेपछि ११ औं ओभरमा जोन २४ रनमा आउट भए । जोनलाई इशान पाण्डेले बोल्ड आउट गरे । त्यसपछि सुदूपश्चिमले उत्कृष्ट पुनरागमन गर्यो । १२ औं ओभरमा हर्मितले २ विकेट लिए । ३४ रन बनाएका आकाशलाई जस ब्राउनद्वारा क्याच आउट गराए । आकाशले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा हर्मितले हिटर आदिललाई गोल्डेन डक आउट गरे । काठमाडौंले १२ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ९६ रन बनायो । मिलिन्द कुमारलाई नरेन साउदले आउट गरे । ११ रनमा उनी आउट हुँदा काठमाडौंलाई जितको लागि ३२ बलमा ४२ रन जरूरी थियो । काठमाडौंसँग अन्तिम ३ विकेट बाँकी थियो । यो सँगै खेल रोमाञ्चक बन्यो । लगत्तै आठौं विकेटको रूपमा रसिद खान मात्र ६ रनमा स्कट कुगलेनको बलमा आउट भए । उनी आउट हुँदा २८ बल ३८ रन जरुरी थियो । काठमाडौं दबाबमा आयो । कप्तान करण केसीलाई पटक पनि स्कटले १ रनमा पनिलियन फर्काइ दिए । १ सय १२ रनको स्थितिमा काठमाडौंले नवौं विकेट गुमाउँदा सुदूरपश्चिम खेलमा हाबी बन्यो । १० रन बनाएका सनी पटेल अभिनाष बोहराको बलमा कप्तान दीपेन्द्र सिंह ऐरीद्वारा क्याच आउट भएसँगै सुदूरपश्चिम जित आफ्नो पक्षमा पार्न सफल भयो । बलिङमा स्कट, हेमन्त र हर्मितले २–२ तथा अविनाश, नरेन र इशानले १–१ विकेट लिए । त्यसअघि काठमाडौंका करणले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि सुदुरले २० ओभरमा १० विकेट गुमाउँदै १ सय ४७ रन बनायो । करणले बलिङमा ड्रिम स्टार्ट दिए । दोस्रो बलमा जस ब्राउनलाई एलोबिडब्लु धरापमा पारे । करणले पहिलो विकेट लिँदा जसले रनको खाता खोल्न सकेका थिएनन् । त्यही ओभरको अन्तिम बलमा करणले अर्का ओपनर विनोद भण्डारीलाई भीमद्वारा क्याच आउट गराए । उनी पनि रन नजोडी आउट भए । पहिलो ओभरमा करणले मात्र १ रन दिएर दुवै ओपनरलाई पेभेलियनको बाटो देखाई दिए । दोस्रो ओभरमा पनि साहब आलामले पनि मात्र १ रन दिए। सुरूवाती २ विकेट गुमेपछि क्रिस लिनबाट बढी अपेक्षा गरिएको थियो। तर उनलाई पनि करणले नै आउट गरे। २ रन बनाएका उनी मिलिन्द कुमारद्वारा समातिए। त्यतिखेर ३ विकेटको नोक्सानीमा मात्र ४ रन बनाएर सुदूरपश्चिम निकै संघर्ष गर्यो । छैटौं ओभरको अन्तिम बलमा मिलिन्दले इशान पाण्डेलाई ११ रनमा आउट गरे । काठमाडौंले सानदार सुरुवात गर्दै पहिलो पावर प्लेमा काठमाडौंलाई २७ रनमा रोक्यो । यतिखेर सुदूरपश्चिम ले ४ विकेट पनि गुमाइ सकेको थियो । पाँचौं विकेटकप रुपमा आरिफ शेख २५ रनमा रसिद खानको बलमा एलबिडब्लु आउट भए । ९.४ ओभरमा सुदूरपश्चिमले ५ विकेटको नोक्सानीमा मात्र ५२ रन बनाएको थियो। यसपछि १० औं ओभरको अन्तिम बलमा १२ रनमा रहेका दीपेन्द्रले जीवनदान पाए । रसिद खानको बलमा साहबले क्याच ड्रप गरे । त्यसपछि १४ औं ओभरको पहिलो बलमा नरेनको क्याच आदिल अलामले ड्रप गरे। आदिलले क्याच सामत्ने प्रयास तारिफयोग्य थियो। तर अर्को बलमा नरेन आउट भए । मिलिन्दको बलमा भीमद्वारा क्याच आउट हुन पुगे। ६ विकेटको नोक्सानीमा सुदरले ७२ रन जोडेको थियो । १५ ओभरको समाप्तिमा ८० रन जोडेर संघर्ष गरेको सुदरले १६ औं र १७ औं ओभरमा रनको वर्षा गर्यो । हर्मितले विष्फोटक ब्याटिङ गरे । १६ औं ओभरमा २१ रन बन्यो । हर्मितको ३ छक्का प्रहार गरे । यसपछि १७ औं ओभरमा करण बलिङमा आए । २ ओभर बलिङ गर्दा २ रन दिएर ३ विकेट लिएका कराणले यो बलमा २४ रन खाए । हर्मितले १ चौका र लगातार ३ छक्का प्राहर गरे । हर्मितले पनि ४७ रनमा जीवनदान पाए। भीमले क्याच छुटाए । दीपेन्द्र र हर्मितले सातौं विकेटको लागि ६१ रनको साझेदारी गरे। दीपेन्द्र ३९ रनमा रसिद खानको बलमा आउट भए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे । लगत्तै स्कट कुगेलेइन १ रनमा सनीको बलमा बोल्ड आउट भए । विष्फोटक ब्याटिङ गरेर इनिङ्सलाई उकासेका हर्मितले १९ बलमा अर्धशतक बनाए । उनले २ चौका र ६ छक्का प्रहार गरे । ५३ रन जोडेर उनी सनि पटेलको बलमा सहाबको बलमा समातिए । बलिङमा करणले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा ३० रन दिए । मिलिन्द सनि र रसिदले २–२ विकेट झारे। काठमाडौंले २ खेलमा २ अंक जोडेको छ । सुदूरपश्चिम पहिलो खेलमै जितका साथ २ अंक जोडेको छ । भोलि लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।