एनपीएल सिजन–२ : सुदूरपश्चिमले काठमाण्डुलाई २९ रनले हरायो

बुधबार, मंसिर ३, २०८२

 काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोखार्जलाई २९ रनले पराजित गरेको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाण्डु १६ ओभर ५ बलमा ११८ रनमा समेटियो । काठमाण्डुका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । जोन सिमप्सोन २४, मिलिन्द कुमार ११ र सन्नी पटेलले १० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अङ्‍कमा रन बनाउन सकेनन् ।  बलिङमा सुदूरपश्चिमका स्कट कुइगेलेइन, हेमन्त धामी, र हर्मित सिंहले दुई–दुई तथा इसान पाण्डे, अभिनास बोहरा र नरेन साउदले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि हर्मित सिंहले आक्रामक अर्धशतक प्रहार गरे । उनले २० बलमा ५३ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरी ३५, आरिफ शेख २५, इसान पाण्डेले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा काठमाण्डुका कप्तान करण केसीले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका करणले ३० रन खर्चेर ४ विकेट लिएका हुन् । पहिलो ओभरमा २ विकेट लिँदै करणले सुदूरपश्चिमलाई दबाबमा राखेका थिए । मिनिन्द कुमार, सन्नी पटेल र रसिद खानले दुइदुई विकेट लिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार