हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको १४८ रनको लक्ष्य

बुधबार, मंसिर ३, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा काठमाडौं गोर्खाजलाई सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य दिएको छ ।  बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १४७ रन बनाएको हो ।  सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३९ रन बनाएर आउट भएका थिए । त्यस्तै हर्मित सिंहले १९ बलमा ५० रन पूरा गरेर अर्धशतक बनाएका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार