सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सबीलाई २ सय २१ रनको कीर्तीमानी चुनौती दिएको छ । एनपिएलमा कुनै टोलीले बनाएको यो सर्वाधिक योगफल हो । विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे । पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ सय २० रन बनाएको छ । यसअघि पहिलो संस्करणमा विराटनगरले लुम्बिनी विरुद्ध १ सय ९२ रन चेज गर्दै १ सय ९३ रन बानएको थियो । विराटनगरले दोस्रो ओभरको दोस्रो बलमा पहिलो विकेट गुमायो । जर्ज मुन्सेला १० रनमा म्याट टेलरकको बलमा आउट भए। यतिखेर विराटनगरले १४ रन मात्र बनाएको थियो । पहिलो पावर प्लेमा १ विकेट गुमाएर विराटनगरले ५५ रन बनायो । लोकेश बम र मार्टिन गपटिल क्रिजमा छाउँदा चौका र छक्काको वर्षात नै गरे । मार्टिनले २८ बलमा ३ चौका र ४ छक्का सहित अर्धशतक बनाए । १० ओभरको समाप्तिमा विराटनगर १ विकेटको नोक्सानीमा १ सय १ रन जोड्न सफल भए । यी दुई ब्याटरले पोखराका बलरहरूलाई निरिह नै बनाए । यो क्रममा लोकेश बमले ३७ औं बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए। यो क्रममा उनले ५ छक्का प्रहार गरे । लोकेश र मार्टिनले शतकीय साझेदारी गरे । १ सय ३२ रनको साझेदारी गरेर मार्टिन ६१ रनमा आउट भए । उनले ३५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे । एनपिएलमा यो दोस्रो सर्वाधिक साझेदारी हो । यसअघि पहिलो संस्करणमा दिनेश खरेल र एन्ड्रेस गसले १ सय ७६ रनको साझेदारी गरेका थिए । लोकेश ७२ रनमा कुशल भुर्तेलको बलमा विपि खत्रीद्वारा क्याच आउट भए । उनले ४८ बल खेलेर १ चौका र ७ छक्का प्रहार गर्दै प्रभावशाली प्रदर्शन गरे । उनी आउट हुँदा विराटनगरले १५ ओभर ३ बलमा १ सय ५७ रन बनाएको थियो । शुभम रानजाने १६ बलमा ३ चौका र २ छक्का सहित ३८ रन जोडेर रन आउट भए। नारायण जोशी अविजित ११ रनमा रहे । बलिङमा म्याट टेलरले ४ ओभरमा ४८ रन दिएर २ विकेट लिए। सागर ढकाल र कुशलले १–१ विकेट लिए । यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयी सुरूवात गरेको छ। हिजो भएको पहिलो खेलमा भने काठमाडौंल जित निकालेको थियो ।