सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले कर्णाली याक्स ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ६७ रनको लक्ष्य पछाएको चितवनले १९।१ मा ६ विकेट गुमाउँदै पूरा गर्यो। चितवनले सुरुवात राम्रो गर्न सकेन । पहिलो पावर प्लेमा मात्र ४१ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । ओपनर डाविट मलान ६ रनमा उनिश सिंहको बलमा आउट भए । यतिखेर चितवनले २२ रन जोडेको थियो । लगतै देव खनाल दुर्भाग्यपुर्ण रन आउट हुन पुगे । उनिशको बलमा दीपक बोहरा स्ट्राइकमा थिए । उनले प्रहार गरेको बललाई कट–एण्ड बोल्डबाट थोरैले चुके । उनको हातमा छोएर गएको बल नन स्ट्राइक एन्डको स्टम्पमा लाग्यो। यो बेला देव अगाडि बढेका थिए । जसको कारण उनी रन आउट हुन पुगे। दुई बल खेलेर २ रनमा देव पबिलियन फर्किए । तेस्रो विकेटको रूपमा दीपक बोहरा युवराज खत्रीको बलमा सोमपालद्वारा क्याच आउट भए । उनले ३६ बलमा ६ चौका र १ छक्का सहित ४२ रन जोडे । उनी आउट हुँदा चितवनले ६७ रन मात्र बनाएको थियो । १० ओभरको समाप्तिमा ६९ रन मात्र जोडेर दबाबमा रहेको चितवनले यसपछिको ३ ओभरमा ३१ रन जोड्न सफल रहयो । चौधौं ओभरमा २० रन बनाएका कुशल मल्ल दोमपालको बलमा गुल्सनद्वारा क्याच आउट भए । उनी आउट हुँदा चितवनले १ सय १ रन बनाएका थिए । त्यसपछि १५ औं ओभरको अन्तिम बलमा सेफ जेबले ८ जीवनदान पाए । युवराज खत्रीको बलमा नन्दन यादवले क्याच छुटाए । जुन छक्कामा परिणत भयो। यो नै कर्णालीको लागि घातक बन्यो । रवि बोपरा र सेफ जेबले चितवनलाई जिततर्फ अगाडि बढाए । चितवनलाई जितको लागि १८ बलमा २७ रन जरूरी थियो। १८ औं ओभरमा सेफले लगातार दुई छक्का प्रहार गरेपछि चौथो बलमा सेफ सोमपालको बलमा एलबओडब्लज धरापमा परे । १६ बलमा दुई चौका र चार छक्का सहित उनले ३८ रनको पारी खेले । त्यसपछि १२ बलमा जितको लागि १३ रन जरूरी थियो । जहाँ ३५ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाए। रवि ५२ रनमा आउट भए । यसपछि सोहेल तनबीरले छक्का प्रहार गर्दै टिमलाई ४ विकेटको जित दिलाए । बलिङमा सोमपालले २ विकेट लिए । यस्तै उनिश, मार्क र युवराजले एक(एक विकेट लिए । त्यसअघि कप्तान कुशल मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि कर्णालीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । दुई विदैशी खेलाडी म्याक्स ओ डाउड र प्रियंक पाञ्चलले राम्रो सुरूवात दिलाए । उनीहरूले पहिलो पावट प्लेमा ५५ रन जोडे । यी दुईले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरे। म्याक्स सेफ जेबको बलमा बोल्ड आउट भए । उनले २० रन बनाए। ८ ओभर ५ बलमा चितवनले पहिलो विकेट निकाल्यो । वान डाउमा पनि विदेशी खेलाडी मार्क वाल्ट क्रिजमा छिरे। क्रिजमा रहेका प्रियंकले २८ वलमा अर्धशतक बनाए। उनले ४ चौका र ३ छक्का सहित ५० रन जोडे । यी दुईले दोस्रो विकेटको लागि ६३ रनको साझेदारी गरे। प्रियंकले सानदार ब्याटिङ गरे । ४८ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे। उनी रवि बोपराको बलमा देव खनालद्वारा क्याच आउट भए । चौथो विकेटको रूपमा मार्क वाट २१ बल खेल्दै १६ रनमा सोहेलको बलमा आउट भए। यतिखेर कर्णालीले १ सय ४० रन बनायो। पवन सराफले १६ बलमा १ चौका र ३ छक्का सहित अविजित २७ रन बनाए । नाझिबिल्लाह जर्डान अविजित ४ रन बनाए । बलिङमा सोहेल, सेफ र रविले एक–एक विकेट लिए । आज हुने दोस्रो खेलमा भने विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच भिडन्त हुनेछ ।